![](https://ujyaalopost.com/wp-content/uploads/2025/02/1739027008575.jpg)
रुपन्देही । नयाँ व्यवसाय थाल्दाका झन्झट कस्ता हुन्छन , आर्थिक रुपमा तयारी कसरी गर्ने, कस्तो व्यवसाय गर्ने, व्यवसायमा सफलता र असफलता हात पार्दा के गर्ने यस्तै समस्या हुन्छन जो कोहीलाई नयाँ व्यवसाय थाल्दा। नयाँ व्यवसायमा आइपर्न सक्ने यस्तै चुनौती र अवसरबारे ज्ञान आदानप्रदान गर्न यहाँको सैनामैनास्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसले शनिबार ‘व्यवसायिक योजना कम्पिटिसन” बारे विद्यार्थीमाझ प्रतिस्पर्धा गराएको छ ।
क्यापस प्रमुख हेमन्त थापाका अनुसार –बिबिएस चौथो बर्ष ब्यबस्थापन संकाय अध्ययनपछि ती बिद्यार्थीहरुले कस्तो कस्तो बिजनेस गर्ने प्लान बनाउने छन र ती विद्यार्थीहरु अध्ययनपछि आफ्नो खुट्टामा आफै उभिन कसरी सक्छन भनी आज आफ्ना व्यावसायिक योजनाहरु प्रस्तुत गरि शनिबार प्रतिश्पर्धात्मक रुपमा प्रस्तुत गरेका थिए।
ब्यसायिक योजना प्रतियोगिता कार्यक्रम प्रतिमा न्यौपानेको समूह प्रथम, करिस्मा भुसालको समूह द्वतिय, एलिसा ज्ञवालिको समूह तृतीय , सान्त्वनामा दिनेश पन्थी र रिता खरेलको समुह सान्त्वना भएको थियो । प्रतियोगितामा १३ वटा समूह सहभागी भएका थिय ।समुहगत रुपमा विद्यार्थीले तयार पारेको उक्त प्लानमध्ये प्रथम हुनेलाई ४०० हजार, दोश्रोलाई ३५ सय र तेश्रो ३ हजार र चौथोलाई जनही २५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
सानैदेखि व्यवसायिक क्षेत्रको महत्व बुझाउन यो कार्यक्रम प्रभावकारी हुने ठानेका छौ।’ हेमन्त थापाका अनुसार विद्यार्थीले प्रस्तुत गरेको विजनेस प्लानलाई विद्यार्थीले साच्चै व्यवसायिकता दिएमा बिद्यार्थीहरु अध्ययनपछि आफ्नो खुट्टामा आफै उभिने छन । व्यवसायमा अनुसन्धान, पारदर्शिता, लक्ष्य हुनुपर्ने बताउनुभयो । कुनैपनि व्यवसाय सफल हुनका लागि व्यवसायीले योजना बनाउनुपर्ने उहाँले बताउनुभयो ।
सह प्राध्यापक रेस्मा श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिता कार्यक्रम क्याम्पस सह प्रध्यापक सागर ज्ञावालिले संचालक गर्नुभएको थियो भने, प्रतियोगिताका निर्णायकमा हेम बहादुर थापा, प्रकाशमणि खनाल र बिस्नु घिमिरे रहनुभएको थियो ।