
रुपन्देही । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा रुपन्देही जिल्लामा तिलोत्तमा नगरपालिका उत्कृष्ट भएको छ ।
रुपन्देहीमा एक वटा उपमहानगरपालिका, पाँच वटा नगरपालिका र दश वटा गाउँपालिकामध्ये तिलोत्तमा उत्कृष्ट भएको हो भने सैनामैना नगरपालिका आठौ स्थानमा परेको छ । सैनामैना नगरपालिकालाई सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, कन्चन गाउँपालिकाले समेत जितेका छन । प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली सैनामैना आइसकेपछी सैनामैना सुधारिएको भनिएतापनी नतिजा भने उल्टो आएको छ । यसरी कार्यसम्पादन मुल्यांकनमा गाउँपालिका भन्दा पनि पछाडि पर्नु निकै लज्जाको विषय भएको छ ।
मन्त्रालयले विभिन्न १० वटा सूचकहरूको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरू मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेकोलगायत पर्छन् ।
मन्त्रालयका अनुसार बुटवल उप महानगरले ९६ प्रतिशत, देबदह नगरपालिकाले ९५ दशमलव २५ प्रतिशत, शिद्धार्थनगर नगरपालिकाले ९१ दशमलव ७५ प्रतिशत, तिलोत्तमा नगरपालिकाले ९७ दशमलव २५ प्रतिशत, कन्चन गाउँपालिकाले ८८ प्रतिशत, सियारी गाउँपालिकाले ९३ दशमलव ७५ प्रतिशत, शुद्दोधन गाउँपालिकाले ९० दशमलव २५ प्रतिशत र सैनामैना नगरपालिकाले ८६ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरि आठौं नम्बरमा परेको हो ।