वडास्तरीय फुटबल प्रतियोगिता: तेस्रो दिन दिन वडा नं ११ र ५ विजयी

फागुन ६ मङ्गलबार
सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा आयोजित वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो दिन दुई खेल सम्पन्न भएका छन । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित फुटबल प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको तेस्रो दिन आज दुई खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर ११ र वडा नम्बर ५ विजयी भएको खेल संयोजक रेवन्त सिंजालीले जानकारी दिनुभयो ।

खेल संयोजक सिंजालीका अनुसार पहिलो खेलमा वडा नम्बर ११ ले वडा नं २ लाई ० को विरुद्ध २ गोल को अन्तरमा हराएको हो भने दोस्रो खेलमा वडा नं ५ ले वडा नं ६ लाई ३ गोल गर्दै जितेको हो ।
यस्तै पहिलो खेलमा वडा नं ११ का दिपेन सेन र दोस्रो खेलमा वडानं ५ का नागमणी चाैधरी म्यान अफद म्याच हुन सफल भएका छन ।
प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation