४५ दिनको पुण्यतिथीमा गुरुकुल आश्रममा खाद्यान्न सहयोग

सैनामैना नगरपालिका वडा नं. ११ निवासी पत्रकार नबिन घिमिरेद्धारा स्व आमा टोपकला घिमिरेको ४५ दिनको पुण्य तिथीमा गुरुकुल आश्रममा खाद्यान्न सहयोग गर्नुभएको छ ।

बाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा रहेको मनकामना संस्कृत गुरुकुल आश्रममा सहयोग गरिएको हो ।
शुक्रबार घिमिरे स परिवार गुरुकुल आश्रममै पुगेर चामल, दाल, फलफुल लगायतको खाद्यान्न आश्रमका प्रध्यानाध्यापक कृष्णप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।

घिमिरेको आमा टोपकलाा घिमिरेको २०८१ साल फागुन ९ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो भने बुवा कान्तुराम घिमिरेको २०७७ साल असोज २५ गते निधन भएको थियो ।
टोपकला घिमिरेको ५ भाई छोरा बुहारी, २ बहिनी छोरी र १३ जना नाती नातीना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation