सैनामैनामा जारी सैनामैना गोल्डकपको समापन समारोहमा प्रचण्ड आउने 

सैनामैना । सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्ड कपको फाइनल खेलको समापन समारोहमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) सैनामैनाको मुर्गियामा रहेको बहुउद्देश्यीय रंगशालामा आउने भएका छन ।

मुर्गिया फुटबल क्लबले आयोजना गरेको राष्ट्रिय क्लब स्तरको फुटवल खेलको फाइनल खेल उद्घाटन गर्न प्रचण्ड फाल्गुन २८ गते दिउँसो तीन बजे सैनामैनाको मुर्गियामा फाइनल खेलको समापन समारोहमा प्रमुख अतिथिको रुपमा आउने खेल संयोजक असोक खड्काले जानकारी दिनुभएको छ ।

सैनामैनामा फागुन १९ गते देखे जारी फुटबल खेलको फागुन २८ गते फाइनल खेल सहित समापन हुने आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रबिन भारिले जनाएका छन । फाइनल खेल अभिषेक चर्च रजहर नवलपुर र कपिलवस्तु ११ विच दिउसो ३ बजे हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation