सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी र जेसीजद्धारा होली मिलन कार्यक्रम

शुक्रवार सैनामैना मुर्गियामा रहेको प्रदिप होटलमा आयोजना गरिएको सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र सैनामैना जेसीजको होली मिलन कार्यक्रमको सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले कार्यक्रमको उद्घघाटन गर्दै रंगहरुको पर्व हालीको शुभकामना दिनुभयो । उहाँले होली पर्व भनेको विगतमा गरेका कमि कमजोरीहरुलाई हटाउनेर आजका दिनबाट राम्रा कुराको सुरुवात गर्ने दिन भएको बताउनुभयो । प्रमुख शर्माले अहिले होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र सैनामैना जेसीजले संयुक्त आयोजना गरेको होली पर्व आगामी वर्षहरुमा सैनामैनाका सम्पुर्ण संघ सस्था मिलेर एकै चोटी मनाउनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्र बहादुर कार्कीले होली पर्व पौराणिक र स्वास्थ्यसंग समेत जोडिएको असत्यमाथि सत्यको जितको पर्वका रुपमा मनाउने गरिएको बताउनुभयो । उहाँले मानव जीवनको सार्थकता समाजलाई केही दिनसकेमात्र सफल हुने बताउदै सकारात्म सोच र विचारलाई आत्मसाथ गर्ने सामर्थे सवैमा मिलोस भन्दै होलीको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सैनामैना जेसीज वर्ष २०२५ का अध्यक्ष गोविन्द खरेलले संस्थाका वार्षिक कार्ययोजना अनुसार संस्कृति संरक्षण अभियान अन्तरगत होलीको शुभकामना मनाएको बताउनुभयो । यस्तै सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष झविन्द्र पोखरेलले पौराणिक कथाको आधारमा महत्व बोकेको होली पर्वको महत्व आज पनि उत्तिकै रहेको जानकारी गराउनुभयो ।

सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष झविन्द्र पोखरेलको अध्यक्षतामा समपन्न कार्यक्रममा सैनामैना वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, नेपाली कांग्रेस नगर सभापनि रणबहादुर खनाल, रास्वपा नगर सभापती राज वहादुर क्षेत्री, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सैनामैना जेसीजका अध्यक्ष गोविन्द खेरलेको स्वाथत तथा सैनामैना जेसीजका महासचिव गोपाल भण्डारीको सञ्चालनमा समपन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation