सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा गरिएको तालाबन्दी तोडियो

सैनामैना, ३ चैत । रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शनिवार गरिएको तालाबन्दी आईतबार तोडिएको छ ।

अखिल समाजबादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी भर्ना लगायतका विषयमा लापरवाही गरेकोले तत्काल निर्वाचन प्रकृया रोकेर समस्याको समाधान गर्न माग गर्दै तालाबन्दी गरेका थिए ।
यता शनिवार गरिएको तालाबन्दी आईतबार नेपाल विद्यार्थी संघले तोडेको हो ।

नेविसंघले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप गरि तालाबन्दी गरेको भन्दै क्याम्पसमा गरिएको तालाबन्दी तोडिएको जनाएको छ ।
यसअघि शनिबार अखिल समाजबादी र अखिल क्रान्तिकारीले सहमति बेगर क्याम्पस प्रशासनले निर्वाचन प्रकृया अघि बढाएमा थप संघर्षका कार्यक्रम गर्ने तथा क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिएको थियो ।
यसअघि शनिवार क्याम्पसमा उम्मेदवारहरुको मनोनयन दर्ता भैसकेको छ ।

जस अनुसार नेबिसंघबाट अध्यक्षमा मौसम थापा मगरले उमेदवारी दर्ता गरेका छन भने पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अध्यक्षमा विज्ञान पाण्डेले उमेदवारी मनोनयन गरेका छन ।
यसैगरी स्वतन्त्रबाट अध्यक्षमा विशाल पौडेलले समेत उमेदवारी दर्ता गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation