
सैनामैना
बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ ।यसैक्रममा सैनामैनामा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुह गठन गरिएको छ
सैनामैना वडा नं. ८ बासगढी खानेपानीको सभाहलमा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकको अध्यक्षतामा सम्पन्न भएको भेलाले टिकाराम उप्रेतीको संयोजक्तोमा ११ सदस्सीय सैनामैनामा नागरिक निगरानी समुह गठन गरेको छ ।
जसको सचिबमा कमला आचार्य पन्थी सदस्यहरुमा शिवलाल पोखरेल, नबिन घिमिरे, तेजेन्द्र थापा, देवराज पौडेल, तिर्थ प्रसाद भुषाल, धुर्व गौतम, बिश्वमणि घिमिरे, कल्पना कुवँर र सिता पौडेल रहनु भएको छ । समितिले बुटवल गोरुसिङ्गे सडक निमार्णको क्रममा सैनामैना क्षेत्रमा आउने समस्या समाधानको लागि सहजिकरण गर्ने छ ।
अन्य क्षेत्रमा जस्तो काममा ढिला सुस्ती नहोस भन्ने हेतुले स्थानिय र निर्माण ब्यबसायी बिच सेतुको काम गर्ने उद्येश्यले उक्त समिति गठन गरिएको बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकले बताउनुभयो ।