सैनामैनामा युवा लक्षित १ दिने कानूनी सचेतना कार्यक्रम सम्पन्न

सैनामैनामा १ दिने युवा लक्षित कानूनी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । सैनामैना नगरपालिका वडा नं ५ को आयोजना र निर्वाण कानूनी समाजको समन्वयमा नेपालको कानून र संविधान प्रदत्त हक अधिकारका विषयमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा वडा नं ५ भित्रका युवाहरुको सहभागीता रहेको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्रप्रसाद शर्माले युवाहरुको हक अधिकार एवं कानूनी ज्ञानलाई बुझनको लागि यस्तो किसिमको कार्यक्रम आवश्यक रहेको बताउनुभयो । कानूनी रुपमा साक्षर भएमात्र युवाहरुले सहि गलत छुट्याउन सक्छन , त्यसैले कानूनी कार्यक्रमहरु हरेक समाजको लागि आवश्यक छ ” नगर प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले कानूनी सचेतना कार्यक्रमले युवाहरुमा फैलिएको विकृति कम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अधिवक्ताहरु लालबहादुर बस्नेत, मेघनाथ खनालले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो भने निर्वाण कानूनी समाजका सदस्यहरुले सह-प्रशिक्षकको भूमिका निभाउनुभएको थियो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलले
युवा लक्षित कानूनी सचेतना कार्यक्रमले युवाहरुलाई थोरै भए पनि कानूनी रुपमा सचेत हुन मद्दत मिलेको बताउँदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रम सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलको अध्यक्षता, सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यता, उपप्रमुुख विना रानाको विशिष्ट आतिथ्यता एवं वडा नं ५ का वडा सदस्यहरुको आतिथ्यता मा सम्पन्न भएको हो ।

करिब ८० जना युवाहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सैनामैना नगरपालिका वडा नं ५ का सचिवले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation