वाङ्गला समाजको साधारणसभा तथा अधिवेशन सम्पन्न

वाङ्गला रुपन्देही सम्पर्क समाजले आफ्नो दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सप्पन्न गरेको छ।

तीन सय बढी आजिवन सदस्य भएको २०६७ साल देखि अनवरत समाजोन्मुख कल्याणकारी गतिविधिमा कृयासिल रहदै आएको यो समाजले जेष्ठ नागरिक श्री खड्गबहादुर अधिकारीको प्रमुख आतिथ्यता र वेदनिधी भुसाल, देवि प्रसाद खनाल, खेमराज भुसाल तथा कुलचन्द्र भुसालको विशिस्ट आतिथ्यता रहेको साधारणसभा बाट अध्यक्ष प्रकाश मणि खनालले पेश गर्नुभएको ७ बुदे कार्यप्रगती प्रदिवेदन र ९ बुदे नीति तथा कार्यक्रम तथा कोषाध्यक्ष गोविन्द भुसालले पेश गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको छ। आजिवन सदस्य राधिका भुसाल,संस्थापक कोषाध्यक्ष सुमन भुसाल, दिगाम सम्पर्क समाजका पुर्व अध्यक्ष टिकाराम न्यौपाने, नि वर्तमान अध्यक्ष कृष्ण प्रसाद भट्टराई, संस्थापक अध्यक्ष कृष्ण प्रसाद भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियोे भने कार्यवाहक सचीव अमृता खनालको संचालन र वरिष्ठ उपाध्यक्ष मैया बस्नेत कार्किको स्वागत रहेको थियोे।

अर्घाखाँची जिल्लाको साविक वाङ्गला गा वि स बाट आइ रुपन्देहीका विभिन्न स्थानमा स्थायि वा अस्थायी रूपमा बसोबास गर्दै आउनुभएका हजारौं व्यक्तिहरुको प्यारो यो संस्था ले वार्षिक क्यालेन्डर निर्माण गरि योजनावद्द रूपमा विभिन्न कार्यहरू जस्तै असहायलाई सहायता प्रदान, घातक रोग लागेका निम्न बर्गिय मानिसहरुलाइ विशेष आर्थिक सहयोग प्रदान , वृहत् निशुल्क स्वास्थ परिक्षण तथा औसधि उपचार कार्यक्रम, छात्रवृत्ति वितरण, विद्यालय विद्यार्थी पोसाक वितरण, रक्तदान लगायतका दर्जनौं कार्यक्रम आयोजना गर्दै आएको संस्था का उपाध्यक्ष बाबुराम भुसालले जानकारी दिनुभयो।

साथै सल्लाहकार शिव बहादुर अधिकारी संयोजक रहनुभएको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको विधान बमोजिम आगामी २ वर्षको लागि नवगठित समितिको अध्यक्षमा मैयाँ बस्नेत कार्की चयन हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम भुसाल, उपाध्यक्षमा चन्द्रमणी भुसाल, सचीवमा अमृता खनाल, कोषाध्यक्षमा बाबुराम भुसाल र सहसचिवमा गोविन्द भुसाल निर्बिरोध हुनुभएको जानकारी निर्वाचन समिति सदस्य सुमन भुसालले दिनुभयो। त्यस्तै सदस्य पदमा जमुना अधिकारी, माधव बस्नेत, शिवहरी भट्टराई, दुर्गादत्त घिमिरे, शिवहरी भट्टराई, तारा अधिकारी, सकुन्तला राना, लालमणी भुसाल र गिता भट्टराई चयन गरिएको निर्वाचन समिति सदस्य प्रकाश वस्नेतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation