सैनामैनामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त

सैनामैना, रुपन्देही । रुपन्देहीको सैनामैनामा माओवादी घटकहरुको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता हरिनारायण पन्त (दिपक)को अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।

सनिवार सैनामैना वडा नम्बर नौ मा भएको प्रतिष्ठानको भेलाले पन्तको नेतृत्वमा नयाँ समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ । जसको उपाध्यक्षमा तिलक नेपाली, सचिवमा देब नारायण चौधरी, सह–सचिवमा लक्ष्मी घिमिरे , कोषाध्यक्षमा लक्ष्मी न्यौपाने रहेका छन् । यस्तै सदस्यहरुमा कृष्ण पाण्डे, दुर्गा थापा, पुष्पा गुरुङ, धनिस्वर श्रीस, दल बहादुर मल्ल र गुरु प्रसाद आचार्य रहेका छन् ।
यस्तै भेलाले प्रतिष्ठानको सल्लाहकारमा मान बहादुर महत्त ( नारायण ), बिष्णु प्रसाद भट्टराई बिस्वास, एकदेभ दगासे पौडेलपौडेल , भानुभक्त पाण्डेलाई चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दैै माओवादी केन्द्रका केन्द्रिय सचिब चक्रपाणी खनाल बलदेवले सहिदहरुको उच्च मूल्याड्ढन गर्दै सहिदहरुले देखाएको बाटोमा लाग्न प्रतिष्ठानलाई आग्रह गरे । उनले देशका लागि ज्यान सर्मपण गरेका सहिदहरुको योगदानको अनुकरण गर्न सके मात्र सच्चा सहिदको सम्मान हुने भन्दै त्यसतर्फ प्रतिष्ठानले आफुलाई अग्रसर बनाउन सके मात्र प्रतिष्ठान गठनको औचित्य हुने धारणा राखे । प्रतिष्ठान माओवादी घटकको शुभेच्छुक संस्था भएकाले पार्टीलाई एक जुट बनाउँदै संगठनलाई बलियो बनाउने काममा लाग्न आग्रह गरे । प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष दिपक पन्तले मुुलुकमा लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि आफ्नो जीवन अपर्ण गर्ने सहिदहरुको सपना साकार पार्न प्रतिष्ठान निरन्तर क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation