सशस्त्र प्रहरीको बन्दुक खोस्ने सैनामैनाका गोपाल मल्ल भिमसेन गोलामा भेटिए

बुटवल । प्रहरीले काठमाडौंको तीनकुनेमा शुक्रवार भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको बन्दुक खोस्ने व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनले खोसको बन्दुक (ग्यास गन) भने फेला नपरेको प्रहरीले जनाएको छ ।

बन्दुक खोस्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय गोपाल मल्ल हुन् । हाल काठमाडौंको तारकेश्वर १० मा बस्ने मल्ललाई प्रहरीले भिमसेन गोलाबाट पक्राउ गरेर गौशालामा बुझाएको थियो ।
उनी सशस्त्र प्रहरीको ग्यास गन खोस्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउनका लागि म्याद थप गर्न लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation