नरेश चौधरी, सैनामैना जेठ २७ । रुपन्देहीको सैनामैना १० पानबारी स्थित निर्माण भएको हाटबाजार प्रयोग विहीन बनेको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष विति सक्दा समेत सञ्चालनमा आउन नसक्दा हाटबजार प्रयोग विहिन बनेको हो । जसले राज्यको लाखौं लगानी नोक्सान हुने अवस्था सिर्जना भएको छ ।
३८ लाख रूपैयाँको लागतमा सो हाटबजार दुई चरणमा निर्माण सम्पन्न भएको थियो । साल्झण्डीको हाटबजारमा १८ सेड, शौचालय निर्माण र सडक स्तरउन्नति गरिएको छ । व्यपारिहरुले चारैतर्फबाट व्यपार गर्न पाउने गरि सेड निर्माण गरिएको छ ।
पूर्व नगर प्रमुख चित्र बहादुर कार्कीको पालामा नगरपालिकाले अव्यवस्थित र परम्परागत रुपमा सञ्चालनमा रहेका हाटबजारलाई व्यवस्थित गर्दै आधुनिक हाटबजार बनाउने योजना अनुसार सैनामैनाका तीन स्थानहरु मुर्गिया, कलौनी र साल्झण्डीमा हाटबाजार बनाउने योजना अनुरुप सो हाटबजार निर्माण गरिएको थियो । मुर्गिया र कलौनीको हाटबाजार सञ्चालनमा आएता पनि चार वर्ष वितिसक्दा समेत अहिलेका जनप्रतिनिधि र कर्मचारीहरु जिम्मेवार हुन नसक्दा साल्झण्डीको हाटबजार भने सञ्चालनमा आउन सकेको छैन । लाखौं लगानीमा निर्माण भएको हाटबजार सञ्चालनमा आउन नसक्दा अहिले हाटबजार जंगलमा परिणत भएको छ । जस्ले निर्माण भएका सेड जिर्णहुने अवस्थामा पुगेकाछन् । सो स्थानमा नगरपालिकाले हाटबजार सञ्चालन गर्न नसक्दा र निर्माण भएका संरचनाहरुको हेरदेख गर्न नसक्दा राज्यको रकम खेरा जाने स्थितीमा पुगेको छ ।
रात्रिकालिन हाटबजार, पार्कर, सिमसार क्षेत्र, पोखरी, र खोला छेउमा पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरि गुरुयोजना (डिपिआर) तयार भएको सैनामैना नगरपालिका योजना शाखा प्रमुख सुरज न्यौपाने बताउछन् । जसका लागि एसियाली विकास बैंक (एडिवि)ले स्विकार समेत गरेको छ । हाटबजार सञ्चालनका लागि अवश्यक थप अन्यपूर्वधारहरु विद्युत, खानेपानी, बाउण्डरी, नाली, इन्टरलक टायल पेभिङ हाटबजार समिति बस्ने प्रशासनिक भवन निमार्णका लागि संघ प्रदेश र नगरपालिकाबाट बजेट नपरेकाले सो निर्माणकार्य अघि बढ्न नसकेको उनले बताए ।
निर्माण गरिएको हाटबजार राजमार्ग देखि करिब ३०० मटिर पश्चिममा रहेको छ । नयाँ हाटबजार बस्तीबाट एकान्तमा रहेकाले व्यपारीले त्यहाँ हाटबजार लगाउन नमानेको सैनामैना–१०का वडाअध्यक्ष कृष्ण प्रसाद पोख्रेल बताउछन् । राजमार्ग देखि हाटबजार पुग्न बाटो सिधा जोडिए पनि बस्ती तर्फबाट हाटबजार वारपार गर्न घुमाउरोबाटो भएकाले समास्या भएको उनले बताए । ‘हामीले सिधाबाटोका लागि पुल वा झालु∙ेपुल बनाउनका लागि माग गरिरहेका छौं, थप बजेट नभएकाले समास्या भएको छ’– उनले भने । एडीविले प्रकृया अघि बढाएको अवस्थामा थप संरचना नगरपालिकाले निर्माण गर्न नसकेको वडा अध्यक्ष घिमिरे बताउनछन् । ‘एडिविले गुुरु योजना स्विकार गरेको छ, हामीले नगरपालिकाको आन्तरिक स्रोतबाट हाटबजार सञ्चालनका लागि थप संरचना निर्माण गर्न सक्थ्यौं तर यसो गर्दा एडिविले लगानी गर्ने भनिसके पछि यो विश्वसनियताको समेत कुरा भएकाले पर्खेका हौं ।’ –उनले भने ।
साल्झण्डीको पुरानो हाटबाजर अहिले मुख्य राजमार्गकै छेउमा र भित्री बाटोमा सञ्चालन हुँदैआएको छ । जस्ले दुर्घटनाको जोखिम समेत बढाएको छ । अव्यवस्थित हाटबजारले नगरको शौन्दर्ययातामा समेत असर पारेको छ । नयाँहाटबजार निर्माण गरिएको चार वर्षा वितिसक्दा समेत सञ्चालनमा आउन नसक्दा र यसको हेरचाह हुन नसक्दा संरचना भित्रै बोटविरुवा उम्रिएर झाडीमा परिणत भई जनप्रतिनिधि र कर्मचारीहरुलाई गिज्जाई रहेको छ ।











