अपडेट :कपिलवस्तुको मायादेवि स्थित क्वारेण्टाइन क्षेत्र शिल

कपिलवस्तु मायादेबी गाउपालिकामा २ जनाकोरोना सक्रमित भेटिएसंगै जिल्लाको सुरक्षा प्रबन्धलाई कडा पारिएको छ। कोरोना सक्रंमित भेटिएको मायादेबीको तिर्थादेबी छत्रपालिका बिद्यालयको क्वारेन्टाईनलाई अहिले शिल गरिएको प्रजिअ दिर्घ नारायण पौडेलले जानकारी दिनु भएकाे छ ।

 बिशेष निगरानीका साथ क्वारेन्टाईनको सुरक्षा ब्यवस्थालाई कडा पारिएको छ । यस्तै अहिले जिल्लामा स्वास्थ्य तथा जनंसख्या मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरको नेतृत्वमा टोली आएको बताउनुभयो । टोलीले अब यहाको बस्तुस्थितीको अवस्थामा हेर्ने र तत्काल के गर्ने भन्ने बिषयमा निष्कर्ष निकाल्ने प्रजिअ पौडेलले बताउनुभयो 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation