पहिलोपटक नेपालका कोरोना संक्रमित भेन्टिलेटरमा

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिए पनि अहिलेसम्म कसैलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको थिएन । तर, आज भने एकजना कोरोना संक्रमितलाई पहिलोपटक भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ ।

गुल्मीका कोरोना भाइरस संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उज्यालो पोस्ट मिडिया प्रा लिबाट सञ्चालित उज्यालो पोस्ट डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुक  मार्फत पनि जोडिन सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation