कपिलवस्तुमा हप्ताकाे ४ दिन बैकं खुल्ने, कुन बैक‌ कहिले खुल्छ ? हेराै

तौलिहवा
आभाश पौडेल

जिल्ला सिल भएको अवस्थामा पनि कपिलवस्तु जिल्लाका बैकं तथा वित्तिय संस्थाहरु हप्ताको लागि ४ दिनको लागि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार सूचना जारी गर्दै सो कुरा जनाएको छ ।
जेठ ५ गते जारी गरिएको सूचनालाई यथावत् राख्दै बैकं तथा वित्तिय संस्थाहरु संचालनको लागि यस्तो सूचना जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्धारा जारी सूचना अनुसार बैकं आइतबार, बुधबार, सोमबार र विहीबार मात्र खुल्न पाउने छन् । जस्लाई दुई भागमा छुट्टाईएको छ ।
जस मध्ये नेपाल बैकं लिमिटेड, कृषि विकास बैकं, राष्ट्रिय बाणिज्य बैकं एभरेष्ट बकं, एन. आइसी. एसिया, प्रभु, तिनाउ मिसन डेभलपमेन्ट बैकं र एन एमबी बैकं आइतबार र बुधबार खुल्न पाउने छन् भने माछापुच्छ्रे, लक्ष्मी, मेगा, कामना सेवा, ग्लोबल आइएमई, गरिमा विकास बैकं, नविल बैकं र यो सूचनामा उल्लेख नभएका अरु बैकं तथा वित्तिय संस्थाहरु सोमबार र विहिबार खुल्न पाउने गरी नियम बनाएको छ ।
बुधबार सुरक्षा समिति र जिल्ला कोभिट क्राइसेस म्यानेजमेन्ट सेन्टरको बैठक बसि यसअघि जारी भएको सूचनामा द्धिविधा उत्पन्न भएपछि यो सूचना जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अव ताेकिएकाे दिनमा बैकं तथा वित्तिय सस्थाहरु कार्यालय समय सम्म खुल्न पाउने छन् ।
बैंकिङ् सेवा दिँदा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, सेनेटाइजर प्रयोग गर्न पनि भनिएको छ । प्रशासनले दिएको मापदण्ड अनुसार भोलि देखि नै निर्णय कार्यान्वयन हुने छ ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालय छेउ छाउमै बैंक तथा वित्तिय संस्थाहरुमा हजारौ नागरिकहरुका भिड जम्मा भएको थियो सो कुरालाई मध्यनजर गरि यो निर्णय गरिएको बुझिएको छ । सो विषयमा बुधबारनै उज्योलो पोष्टबाट स्थलगत रिर्पोटिङ्ग गरिएको थियो । स्थानिय नागरिकले भने बैकं जस्तै बजारकाे बारेमा पनि प्रशासनले साेच्नु पर्ने बताएका छन् ।

याे पनि हेराै

https://ujyaalopost.com/local-goverment/3251/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation