डिसि भाइले भान्सा प्रवेश दिएको त्यो पल

बसन्त बन्जाडे

डिसि भाई एक कार्यालयका लेखापाल र कुशल व्यवस्थापक, उनले आफ्नो तहमा नजान्ने केही छैन् । अहिले बेला बेलामा अनलाईनमा समाचार पनि पोष्ट गर्न थालि सकेका छन् ।
मैले गर्ने हेल चक्राई, म घर बाहिर हिड्ने सवालमा मेरो श्रीमती पछि सबै भन्दा बढि गाली गर्ने भनौ या चासो देखाउने उनै हुन् । सधै उनको भनाई हुन्थ्यो । यो बसन्त दाईको काम छैन् सबै घरमा छन् कैले कैले के खाली हिड्नु हुन्छ । आफु त डुब्नु डुब्नु हुन्छ हामीलाई पनि डुवाउनु हुन्छ । बिचरा शाश्वत र ज्योती भाउजुलाई पनि तनाव हैन् भाउजु । यस्तो मान्छे ठपक्क पहाड गएर बसेको भए हुने थिएन । सबै पहाड गएका छन् । म कोरोना संक्रमित पुष्टि हुनु भन्दा एक दुई दिन अगाडीको कुरा हो । मेरो डेरामा चिया खादै हास्दै उनले यो भनेको ।वास्तवमा कोरोनाको भय ठूलो थियो । हामी सबैलाई यो लाए पछि बर्बाद नै हुन्छ मान्यता स्थापित भईसकेका थियो । जस्को प्रमाण भनेको म कोरोना संक्रमित भई सके पछि ८ दिन सम्म नतिजा नेगेटिभ नआउन्जेल डेराको एक कोठा र एक किच्चन भित्र बस्न बाध्य पारिएको मेरो परिवार र मेरी श्रीमती र मेरो ४ वर्षिय छोरा शाश्वत । अग्रज पत्रकार खग दाई भन्नु हुन्थ्यो अतिनै डर छ भाई भिक्षु चोकमा मैले ज्योतीलाई सामान पुर्याउन गएको बोलाएर हातमा दिए । छिउ छाउका अग्रज अंकलहरुले गाली गर्नु भयो किन नजिक गएर दिएको भनेर । यसले समाजमा कोरोनाको भय कति थियो भन्ने प्रमाणित गर्दछ ।यो बढाउनमा जान तथा अञ्जानमा मेरो पनि केही न केही भूमिका अवश्य छ । मैले यसलाई स्वीकार्नै पर्छ । जति जे जे भने ४ बर्षिय बालकलाई के नै थाहा हुन्छ र दिन भरी बाटोमा कुद्ने यो बेला झन लकडाउनको कारण बाटो खाली हामी मज्जाले आफ्नै आगनमा खेले जस्तै बाटोमा खेल्थ्यो । तर मेरो शरिरमा कोरोना पुष्टि भए पछी उ पनि एउटा कोठामा कैद हुन बाध्य भयो ।मेरी श्रीमतीले बाबुले कोठामा सहजै बसेको छ भनेर मलाई सधै आश्वस्त पार्न खोज्थिन, किनकी मैले उसैको चिन्ता लिएको छु भनेर, मैले उनिहरुलाई आग्रह शारिरिक दुरी कायम गरेर बिहान साँझ बाटोमा घुम्ने गर, तर उनि भन्थिन मान्छेहरुले ठूला ठूला आखाँले हेर्छन । यो भनेको कोरोनाको नाममा हामीले समाजमा कोरोना सृजना गरेको भय र त्रास थियो ।मैले माथि कुरा गर्दै थिए डिसि भाईको डिसि भाई धमेन्द्र चौधरी स्नातक तह सम्म अध्ययन गरेका उनि अहिले मधेश मानव अधिकार गृहको आन्तरिक लेखापाल र व्यवस्थापक पनि हुन् । जस्ले मलाई १७ दिन सम्म एन्टिभाईरस खुवाएर कोरानालाई परास्त गराएर आज डेरामा पठाए ।उनि कार्यालयमै बस्ने भएकोले पनि म माहुरी होममै आईसुलेड हुनमा मद्दत भएको थियो । कोरोना संक्रमण पुष्टि नहुन्जेल सम्म कार्यालयको भान्सामा गएर आफै चिया पकाएर, पानी तताएर पिउने मान्छे मलाई उनले म मा कोरोना पुष्टि भए कार्यालयको माथिल्लो तल्ला तपाईको नाममा राजिनामा भयो अव तल नर्झनुस ठट्यौली पारमा थर्काएका थिए उनले । मलाई ९ बजे कोरोना पुष्टि भएको थियो । लग्त्तै लौ लिनुस तपाईको कोरोना एक हप्तामा गायव भन्दै के के मिलाएर दुई गिलास पानीलिएर कार्यकक्षमै पुराईदिएका थिए । अनि भनेका अव भान्सामा तपाईको प्रबेश निषेध ।आफु संक्रमित भएता पनि आफ्नै कारणले गर्दा परिवार र आफ्नो सम्पर्कमा रहेकाहरुले बेह्रोनु परेको कष्टले केही केही तनाव लिन्न भन्दा पनि हुने गर्दथ्यो । तर यो सबै उनि नजिक पर्न साथ गायव भई हाल्थ्यो । उनिमा पनि सुरुवाती दिनमा ठूलो चिन्ता थियो । सधै संगै एउटै मोटरसाईकलमा हिड्ने, संगै काम गर्ने म मा कोरोना देखिए पछि उनि आफुमा कोरोना भएकोमा ढुक्क थिए ।तथापी ८ दिनमा उनि सहित रवि दाई, ज्योती र शाश्वतको नतिजा नेगेटिभ आयो । यस पछि उनले भन्न थाले यो कोरोना भन्नेबाट मेरो विश्वास हरायो दाई त्यही पनि तपाई भान्सामा भने आउन पाउनु हुन्न है । जति दिन हो । मैले पाल्छु के के चाहिन्छ भन्नु । उनि सहित चार जनाको नतिजा नेगेटिभ आएकोमा हाम्रा सबै शुभचिन्तक हर्सित हुनु हुन्थ्यो । घर परिवारमा अर्कै खुसी छाएको थियो । मानौ दशै नै आएको हो । मेरो बुवा भन्नु हुन्थ्यो फोनमा भने पछि संचार माध्यममा आए जस्तो ठ्याक्कै छुदैमा सर्ने होईन यो । त्यसो हो भने कमल पनि आउन खोजेको आउछ दुई चार दिनमा । कमल मेरो माईलो भाई । वास्तवमा मलाई कोरोना लागे पछि परिवारलाई नेगेटिभ आए पछि मेरो बुवा आमाले पनि कोरोनालाई टेर्नु भएन र भाईलाई पठाउनु भयो । म संग प्रत्यक्ष सम्पर्कमा आएका कसैमा कोरोना पोजेटिभ नदेखिए ७० दिन देखी घर गएर बसेका मेरा साथीहरु बुटवल झरे बाईकमा । तर यता धर्मेन्द्र भाई भने मलाई भान्सामा प्रबेश दिने नाम लिने थिएन्न । टाढै बाट उनि पानी र खाना दिएर जान्थे ।म माहुरी होममा हिसाव गर्दा १७ दिन बसे तर त्यस्तो पटकै महसुस भएन । केही सामान्य काम गर्ने, दुरी कायम गरेर साथी भाइसंग भेटघाटले होला दिन गएको पत्तै भएन् ।आज जेठ २५ गते सोमबार करिव १ बजे तिर आफुहरुको नतिजा नेगेटिभ आएको मैले कार्यालयका सबैलाई फेसबुक गुप्रबाट जानकारी गराए । धर्मेन्द्र भाईलाई पनि भने मेरो कोरोना नेगेटिभ भएछ भाई । चिया खाएर घर जाने तैयारी गर्नु पर्छ । अनि डिसि भाई भन्छन अव पकाएर खाएर जानु न कस्ले रोको छ । अवत नेगेटिभ संगै प्रबेश पनि खुलो । यो भान्सा प्रबेश खुल्यो भन्ने क्षणलाई यहाँ शव्दमा भने बयान गर्नको लागि मसंग कुनै पनि शब्दहरु छैनन् ।वास्तवमा १७ दिनको बसाई अत्यान्तै रमाईलो भयो । बिभिन्न बिषयमा बिभिन्न सरोकारवालाहरु अनलाईन छलफल बैठक संवादहरु गरियो । जस्ले झन उर्जा थप्ने काम गर्यो भने । हामीहरु दुवै जना योगेश पाठक र बिहानै उठेर आफै योगा गर्ने, शारिरिक व्यामहरु गर्ने बिभिन्न गित, संगित, शिव तान्डवमा नाच्ने रमाईलो गर्ने गरियो, बिभिन्न गुप्रहरुम लाईभ पनि नाचियो । केही साथीहरुले टिकटक पनि बनाउन भ्याउनु भयो । केही समय किताव पनि पढ्ने कार्य गरियो । साउथ फिल्महरु हेरेर मजाले समय बिताईयो । बिहान साझ कम्तिमा आधा घन्टा जति योग ध्यान गर्ने पनि गरियो ।यस अवधिमा अग्रज, घरपरिवारजन, मित्रजन, संचारकर्मी, मानव अधिकार क्षेत्रका काम गर्ने अभियान्ताहरु, साथै भर्खरै सम्म आवद्ध रहेको परियोजनाका अग्रज सरहरु, सूचनाको हकको क्षेत्रमा काम गर्ने अभियान्ता, पत्रकार महासंघका पुर्व अध्यक्षज्यूहरु, मसंग सगै काम गर्ने माहुरी होमका अग्रज एंव मित्रहरु, बिभिन्न सामाजिक संघ संस्थाका व्याक्तित्वहरु, बिभिन्न स्थानिय तहका प्रमुखहरु, बिभिन्न राजनैतिक दलका नेताहरु, स्वास्थ्यकर्मीहरु, प्रमुख जिल्ला अधिकारीज्यू, सुरक्षा निकायका व्याक्तित्वहरुको फोन तथा फेसबुकबाट हजारौको शुभेक्षाले मलाई कहिलै पनि आत्म विश्वासको कमि हुन दिनुभएन । साथै सामाजिक विकास मन्त्री, जिल्ला स्वास्थ्य कार्यालयको टिम, विश्व स्वास्थ्य संगठनको टिम पनि कार्यालयमै पुगेर भेटघाट गर्यो । उहाँहरुसंगको भलाकुसारी जानकारीले कोरोना सहजै पराजित गर्नेमा हामी विश्वस्त गरायो ।बिशेष गरेर नेपालगंजबाट प्रकाश उपाध्याय सर, धमेन्द्र झा दाजु जिल्लाबाट धेरै टाढा रहेता पनि मैले सहजै कोरोनालाइ परास्त गर्न सक्छु भनेर दैनिक जसो ज्योतिलाई ढाडस दिईरहेको कुरा पनि उनि मलाई भनि रहन्थिन । उहाँलाई बिशेष सम्मान व्यक्त गर्न चाहान्छु ।
यस अप्ठ्यारो परिस्थितीमा पनि यो कोरोना भाईरसलाई पराजित गर्न सबै भन्दा ठूला साथ साहास दिने मेरी श्रीमतीको नै थियो । आफुहरु पनि पोजेटिभ आएमा संगै डेरामा बसेर झोल पकाएर खाने उनका रहर भने पुरा भएन, जुन हाम्रो लागि अत्यान्तै सुखद रहयो ।

अन्तिममा म कोरोना पोजिटिभ भए जानकारी पाए पछी खुसी व्यक्त गर्नु हुने नगर प्रमुख मेयर साँप प्रति सहानुभूती प्रकट गर्न चाहान्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation