बाणगंगा नदिमा नदी दोहनको स्थालगत रिर्पोट

संरक्षित क्षेत्रबाट मनोमानी रुपमा नदी जन्य वस्तुको दोहन, नगर प्रमुखकै गुनासोः ”पूर्व सांसदले टेरेनन्, वडाले झुक्याएर सिफारिस लियो, जिल्ला समन्वय समितिले केही गरेन”

कपिलवस्तु, – कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नम्बर ६ भगलापुरमा बिभिन्न तिन योजनाको कार्य सम्पन्न गर्ने भन्दै ठेक्का नै नलगाईएको बाणगंगा नदीको भगलापुर नाकाबाट मनपरी ढगंबाट नदीजन्य निकालिएको पाईएको छ ।
स्थानिय सरकार र जनश्रमदानको ७०÷३० को योजना अन्र्तगतको सडक निर्माणका लागि भन्दै संरक्षित क्षेत्रबाट मिस्कट निकालिएको बिषयमा हिज बिहिबार नै उज्यालो पोष्ट डट कमले समाचार प्रकाशन गरेको थियो । सो लग्त्तै नगर प्रमुख मंगल प्रसाद थारुले उक्त कार्य राकिएको जानकारी दिनु भएको थियो तर शुक्रबार बिहान १० बजे उज्यालो पोष्ट डटकमको टिम नदीको भगलापुर नाकामा पुग्दा एक दर्जन बढि ट्याक्टरले ग्राभेल निकाल्दै गरेको भेटिएको थियो ।
नगरपालिकाले ठेक्कानै नलागेको खोलामा आफु खुसी नदीजन्य पदार्थ निकाल्न स्विकृती दिई बाणगंगानदीको भगलापुरमा नदी दोहन गर्न सहयोग पुर्याएको उक्त क्रममा फेला परेका छ ।
वडा नम्बर ६ को कार्यालयले बाणगंगा नगरपालिकालाई जेठ २५ गते दुई योजनाका लागी भन्दै भगलापुर प्रगती टोल बिकास संस्थाले संरक्षण गरेको स्थानको ७५ र २ सय २५ ट्राली मिस्कट गरि कुल ३ सय ट्राली निकाल्न दिन पत्राचार गरि स्विकृती माग गरेको थियो । सोही पत्रको आधारमा नगरपालिकाले हचुवाका तालमा कार्यक्षेत्र मिचेर स्विकृती दिई नदी दोहनलाई प्रोत्साहन गरेको स्थलगत रिपोटिगंको क्रममा पाईएको छ ।
स्थानीयहरुले भने आफुहरुले नर्सरी र गाउँ तर्फ आउने नदीको बाहाव रोक्नको लागि नियमित संरक्षण गरि रहेको स्थानको मिस्कट गाँउकै बाटो बनाउनको लागि नगरपालिकाको स्विकृतीमा निकालिएको बताएका छन् । स्थानिय काशीराम बेल्बासेले आफुहरुले दिनरात जोगाएको खोलाको मिस्कट गाँउकै सडक बनाउन प्रयोग गरिएको तर दुरुपयोग नभएको उज्यालो पोष्टलाई बताउनु भयो ।


सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष रिषीराम आचार्यका अनुसार बाणगंगा नगरपालिका वडा नम्बर ६ भगलापुरमा नगरपालिकाको नगर सहभागीताको ७०÷३० को योजना अन्र्तगत भगलापुर स्थिृत कमानन्द चौधरीको घर देखी हुम बहादुर खनालको घर सम्म २ सय ६५ मिटर कालोपत्रे सडक निर्माणका लागी २२ लाखको लागतमा निर्माण कार्य अगाडी बढाईएको हो । त्यसै गरि संसदिय बिकास कोष तर्फको बजेटले भगलापुरकै लक्ष्मण खनालको घर देखी तुलसीराम भुसालको घर सम्मको २ सय ९५ मिटरको कालोपत्रे सडक निर्माणका लागी १५ लाख ८० हजारको लागतको कार्य अगाडी बढेको हो । वडा कार्यालयको लगानीमा भगलापुरमै हुम बहादुर खनालको घर देखी तिन कुने सम्म सडक स्तरोन्नतीको कार्यका लागी १ लाख लागतको काम अगाडी बढेको छ । तिन वटै योजनाको कार्य अगाडी बढाउन मिस्कटको आवश्यकता परे पछि टोल बिकास समिती र सडक निर्माण उपभोक्ता समितीको आग्रहमा वडा कार्यालय मार्फत नगरपालिकाको स्विकृतीमा नदीबाट ग्राभेल निकालिएको हो । “अघि पछि चोरी निकासी हुदाँ पनि हामीले नै संरक्षण गर्दै आएका थियौ । अहिले गाँउकै बाटो बनाउने प्रयोजनका लागी नगरको स्विकृतीमा ग्राभेल झिकेका हौ ।” उहाँले भन्नु भयो ।
उज्यालो पोष्टको टिमले केही टेक्टर पलट र अन्यत्र मिस्कट बोकेको विषयमा बुझ्दा वहाँले सडकमा आवश्यक ग्राभेल हाल्ने काम हुदै गर्दा केही टेक्टरहरुले बदमासी गरेले एक दुई ट्रली यता उता पारेको हुन सक्ने बताउनु भयो ।
सडक निमार्ण कार्यक्रमा पूर्व सभासदको भूमिका
उज्यालो पोष्टलाई प्राप्त सूचनाको आधारमा पूर्व सांसद बिश्राम प्रसाद थारुको सडक निमार्ण कार्यको ठेक्का लिएको भन्ने विषयमा बुझ्दा पुर्व साँसद थारुले उपभोक्ता समितीलाई उपकरणहरु लगायतका सम्पुर्ण आवश्यक सामाग्रीहरुको व्यवस्था गरिदिने बताए पछि उपभोक्ता समितीले निर्माण कार्य अगाडी बढाएको खुल्न आएको छ । गाँउका स्थानियले श्रमदान नगरि सो बापतको लगानी गर्नु पर्ने ३० प्रतिशतलाई ग्राभेलको रुपमा बेस उपलब्ध गराए आफुले काम सम्पन्न गराईदिने भन्दै पुर्व साँसद थारुले नै गाँउलेलाई फकाएको श्रोतको दावी छ । उपभोक्ता समितीको नाममा भए पनि सबै कामको जिम्मा पुर्व साँसद थारुले लिएका कारण सडकको लागी भन्दै निकालिएको ग्राभेल अन्यत्र प्रयोग गर्न योजनाका साथ थारुले गाँउलेलाई प्रलोभन दिएको श्रोत बताउछ । सो बिषयमा बुझ्दा पुर्व साँसद थारुले आफुलाई अनाहकमा बदनाम गर्न खोजिएको बताउनु भएको छ । “बजेट फ्रिज हुने अवस्था थियो । उपभोक्ताले काम गर्न ईकुप्मेन्टहरु सहयोग गरिदिनु प¥यो भने पछि आफ्नै गाँउठाँउ भएकाले सहयोग गरेको हु ।” उहाँले भन्नु भयो । “नगरपालिकाले बिकास काममा नदीजन्य पदार्थ उपलब्ध गराउन नसकेका कारण सो स्विकृती दिएको हो । अहिले नगरपालिका आफ्नो निर्णयबाट पछाडी हटेको छ ।” उहाँको भनाई छ ।
बाणगंगा नगरपालिका ६ का वडा अध्यक्ष सुकदेव थारुले नगरपालिकाले दिएको स्विकृतीका आधारमा स्थानियले नदीजन्य पदार्थ निकालेको बताए । स्थानिय प्रहरी, शसस्त्र प्रहरी र नगरपालिकालाई ग्राभेल निकालिएको बिषयमा पुर्ण जानकारी रहेको बताउनु भयो ।
नियम बिपरित नगरपालिकाले दिएको स्विकृतीका आधारमा भगलापुरमा नदीबाट ग्राभेल निकालिएको बिषयमा बुझदा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल थारुले ग्राभेल झिक्न नगरपालिकाले स्विकृती दिएको स्विकार गर्नु भइको छ । “हामीलाई वडा कार्यालयले स्थानियले संरक्षित गरेको क्षेत्रमा डम्प भएको ग्राभेललाई झिक्ने भन्दै झुक्याएर स्विकृती लिईएको रहेछ । खोलाबाट ग्राभेल झिकेको बिषयमा जानकारी पाए पछि हिजै रोक लगाएको छु ।” नगर प्रमुख थारुले भन्नु भयो । शुक्रबार बिहान पनि ग्राभेल झिकिएको बिषयमा बुझ्दा आफुले ग्राभेल निकासी रोक्न पुर्व साँसद बिश्राम प्रसाद थारुलाई आग्रह गरे पनि पुर्व साँसदकै अगुवाईले आफ्नो निर्देशन अटेरी भएको उहाँको गुनासो थियो । सो विषयमा आफुले नदीजन्य पद्धार्थको अनुगमन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका सभापती नारायाण खनाललाई जानकारी गराएता पनि कुनै पनि भूमिका निर्बाह नगरेको दुखेसो पोख्नु भयो । सो विषयमा खनालसंग प्रतिकृया लिदा आफुलाई केही थाहा नभएको प्रजिअ संग कुरा गर्दा नगरपालिकाले सिफारिस दिएको भन्ने जानकारी आफुलाई आएको बताउनु भएको छ ।
यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले नियम बिपरित नदी दोहन गर्ने कार्यलाई तत्काल रोक लगाईने बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation