Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'create_post_type' not found or invalid function name in /home/ujyaalopost.com/public_html/wp-includes/class-wp-hook.php on line 341

भारतमा ३ लाख ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ९ हजार ५२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ३३ हजार ८ पुगेको हो ।एकै दिन अरू ३२१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ५२० पुगेको छ ।एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६९ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् ।कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation