स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जीत

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जीत हात पारेको छ ।कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको आफ्नो पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।रियललाई जीत दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।जीतसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउँदै उपाधि होड कायमै राखेको छ ।बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलको २८ खेलबाट ५९ अंक छ भने बार्सिलोनाको ६१ अंक रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation