अब फेसबुकमा चुनावबारे छुट्टै खण्ड, राजनीतिक विज्ञापन बन्द गर्ने अधिकार प्रयोगकर्तामा

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय राजनीतिक विज्ञापन राख्ने वा नराख्ने भन्ने विषय चर्चामा छ । सामाजिक सञ्जालमा हुने राजनीतिक विज्ञापनले चुनावमा प्रभाव पार्ने काम गरेको भन्दै अमेरिका, युरोप लगायतका देशमा यसलाई प्रतिबन्ध नै लगाउनुपर्ने आवाज समेत उठिरहेको छ ।ट्वीटरले प्रभाव पार्ने खालका राजनीतिक विज्ञापन नराख्ने निर्णय नै गरिसकेको छ । अन्य कतिपय सामाजिक सञ्जालले पनि त्यस्ता राजनीतिक विज्ञापनलाई निरुत्साहित गर्ने जनाएका छन् । तर, फेसबुकले भने यो विषमा कुनै किसिमको निर्णय लिएको थिएन ।तर, अब भने फेसबुकले प्रयोगकर्तालाई नै राजनितिक विज्ञापन हेर्न वा नहेर्ने विषय निर्धारण गर्न दिने भएको हो । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले चाँडै फेसबुकले प्रयोगकर्तालाई नै राजनितिक विज्ञापनको नियन्त्रण गर्न सक्ने सुविधा उपलब्ध गराउने तयारी गरिरहेको छ ।जुकरबर्गले फेसबुक पोस्ट मार्फत उल्लेख गरका छन्, ‘चुनावको जानकारीका लागि छुट्टै ‘भोटिङ इन्फरमेसन सेन्टर’ नामक सेक्सन बनाइएको छ । यो सुविधा फेसबुक र इन्स्टाग्राम दुवैमा उपलब्ध हुनेछ । जसले राजनितिक सहभागीतालाई प्रोत्साहन गर्छ भन्ने हाम्रो विश्वास हो । साथै यसले अब हुने अमेरिकी राष्ट्रपति चुनावलाई समेत सहयोग पुग्नेछ ।’

Facebook is launching the largest voting campaign in American history, with a goal of helping 4 million people register…

Posted by Mark Zuckerberg on Tuesday, 16 June 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation