गर्भवति शकास्पद अवस्थामा मृत फेला

ताैलिहवा- कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवति महिला शकास्पद अवस्थमा मृत फेला परेकी छिन । ७ महिनाको गर्भवति १८ बर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन । मृतकका पति बृजेश बनियाले मंगलवार राति आफनो श्रीमितिले झुन्डीएर आत्महत्या गरेको दाबी गरेका छन । तर छिमेकी अनुसार कोठाको ढोका खुलेको र पासो समेत काटेर शवलाई खाटमा राखिएको अवस्थमा भेटिएको थियो ।
मायादेबी गाउपालिकाको अभिरावका मृतकका माईत पक्षले भने आफनो छोरीको हत्या गरिएको आरोप लगाएका छन । अझै लिखित उजुरी भने नपरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले मृतकका पतिले झुन्डीएर आत्महत्या गरको बताए पनि ढोका खुलेको र खाटीमा लगाएको चुन्नीकाे पासो काटेका अवस्थामा शव भेटिएको बताउनु भयाे । श्रीमतीलाइ बचाउन आफुले पासो काटेको बृजेशले प्रहरीलाइ बताएका छन । ढाेका खुल्ला रहनु र पासो समते आफै काटनुले घटना शंकास्पद रहेको प्रहरी श्राेतले जनाएको छ । प्रहरीले मृतकको शवलाई पोस्टमर्टमकालागि कपिलवस्तुमा अस्पताल लगएिको छ । घटनाको अनुसंधान भईरहको र शवको पोस्टमर्टको रिपार्ट आए पछि अन्य जानकारी आउने प्रहरी नायब उपरिक्षक मल्ले बताउनु भयाे । मृतकको एक बर्ष अघि बिवाह भएको थियो । श्रीमान श्रीमति बिच झै झगडा हुने गरको माईती पक्षको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation