कोरोना भाइरस : विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको भएका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४६ लाख २० हजार २८३ पुगेको छ ।यो संख्या शुक्रबार विहानको तुलनामा १ लाख ११ हजार २८ ले बढी हो । शुक्रबारसम्म निको हुनेको संख्या ४५ लाख ९ हजार २५५ थियो ।यस्तै पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ३६१ जना संक्रमित भएका छन् । यो विश्वभर एकै दिन भएको संक्रमणको सर्वाधिक संख्या हो । योसँगै विश्वभर संक्रमितको संख्या ८७ लाख ५० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८१३ पुगेको छ ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८६ हजार ९३४ जनाको मृत्यु भएको छ ।२२ लाख ८३ हजार ९६ जना संक्रमित भएकोमा १२ लाख ३५ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५१ हजार ८५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ५२ हजार २८५ पुगेको छ । त्यसमध्ये ११ लाख ८२ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरुमा ४६ हजार ३६३ जनाको मृत्यु भएको छ । १८ लाख १६ हजार ३१७ जना संक्रमित भएकोमा ११ लाख ४३ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ६८ हजार ८१० जनाको मृत्यु भएको छ । १७ लाख ९२ जना संक्रमित भएकोमा ९ लाख १५ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरुमा ७ हजार ७१३ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ८१२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ३५ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार २३ जना संक्रमित भएकोमा ८ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation