अधिकारीको लयमा नयाँ गीत “बाटो हेरी नरौं है आमाले” सार्वजनिक

सुशील गैरे,दशैँ आउन एक महिना बढी समय बाँकी रहेपनि बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत धमाधम आउन थालिसकेका छन् ।
पछिल्लो समय नेपाली लोक गित सांगितिक बजारमा त चर्चामा रहेको छ । लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका बेला नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन्।
यसै विच नेपालमै रहेर पनि प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा समेटेर निरन्तर नेपाली सागितीक क्षेत्रमा लागिरहेका कुशल गायक/ सर्जक गणेश अधिकारीको लयमा नयाँ गीत “बाटो हेरी नरौं है आमाले” सार्वजनिक भएको छ ।
विश्वव्यापी महामारीका कारण धरै नेपालीहरु महान पर्वका बेला नेपाल आइ परिवार संगै रमाइलो गर्न सक्ने अबस्था नभएको विषयलाई समेटेर दिपक कँडेलको शब्द रहेको गित बजारमा एको हो। गीतलाई चर्चित गायक बद्रि पँगेनीले आवाज सहित उत्कृष्ट अभिनय सहित दिएका छन ।
क्रान्ति केसीको निर्देशन रहेको सो गीतको बजार ब्यवस्थापन दीपिका म्युजिक प्रा.लिले गरेको छ भने गीत हेर्ने सबैले गीतलाई उत्कृष्ट गीत भएको प्रतिक्रिया दिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation