सैनामैना डान्सिङ्ग आइडलको फाइनल प्रतिस्पर्धा भोलि, विजेताले ५५ हजार ५५५ पाउने

फागुन २६, सैनामैना
पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा चलिरहेको सैनामैना डान्सिङ्ग आईडलको फाइनल प्रतिस्पर्धा भोलि हुने भएको छ ।
सैनामैना व्यापार संघको आयोजनामा सञ्चालित महोत्सवको विशेष आर्कषणको रुपमा रहेको सैनामैना डान्सिङ्ग आइडलमा उपाधिका लागि प्रतियोगी नं.१ प्रियाङ्का भुसाल, प्रतियोगी नं.३ दिक्षा सुनार, प्रतियोगी नं.४ मिली के.सी र प्रतियोगी नं.८ असिम सोमै प्रतिस्पर्धामा रहेको अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वन ( रामु ) ले जानकारी दिनुभयो ।

डान्सिङ्ग आइडलमा आफुले प्रस्तुत गरेको प्रस्तुति र भोटिङका आधारमा दैनिक १÷१ जना प्रतिस्पर्धी बाहिरिएका हुन् । आज साँझ ६ बजेसम्म मनपर्ने प्रतिस्पर्धीलाई टिकटमार्फत भोट गर्न पाइने छ । स्थानीय स्तरमा रहेका युवाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यसहित मेलामा पाँचौ सैनामैना डान्सिङ्ग आईडल राखिएको हो ।

डान्सिङ्ग आईडलमा प्रथम हुनेले रु.५५ हजार ५ सय ५५, द्धितीय हुनेले रु.३३ हजार ३ सय ३३, तृतिय हुनेले १५ हजार ५ सय ५५ र शान्तवना हुनेले ५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
डान्सिङ्ग आईडल निर्णयकको रुपमा छमछमी कला केन्द्रका डान्स प्रशिक्षक किशोर थापा र इश्वरा एकेडेमीका डान्स प्रशिक्षक अनु गुरुङ्ग रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation