कलाकार हरिवंश आचार्यलाई कोरोना

कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ।
कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ।
आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ।
‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्।
आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation