कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय सिल भएको छ । मालपोत कार्यालय कमचारीलाई कोरोना भाईरस संक्रमणको पृष्टि भएपछि तौलिहवाको मालपोत कार्यालय सिल भएको भएको मालपोत अधिकृत ऋषिराम पौडेलले बताउनुभयो ।
कार्यालयको जानकारी अनुसार अब अन्य कार्मचारीको पनि पिसिआर रिपोर्ट परिक्षण गरिने र अन्यको रिपोर्ट नआउदासम्मको लागि कार्यालय सिल रहने मालपोत अधिकृत पौडेलले जनकारी दिनुभएको छ ।
यसभन्दा अगाडी मायादेवी अनलाइनले मालपोत कार्यालयमा बढी भीडभाड भएको समाचार प्रकाशन गरेको थियो ।