शितगङ्गा नगरपालिका २ सितापुर झिर्‍राका हिरा बस्नेतको काल्पनिक दुर्घटना दशै गित सार्वजनिक हेर्नूस ( भिडियो )

हाम्रो समाजमा घट्ने यथार्थ घटना हो, धेरैको नजरमा यस्ता घटना नया र नौलो हुनेछैनन्, परिवारसंगै घरमै संगै बस्ने दुख सुख साटासाट गर्ने रहर कसलाई पो हुदैन र तर सोचे जस्तो र अरुको देखे जस्तो जिन्दगि कहाँ हुन्छ र ?? देशमा रोजगार नहुदा वैदेशिक रोजगारिमा भौतारिन बाध्य छौ हामी नेपाली रिन धन गरेर बिदेश गएर पनि भने जस्तो नहुदा साहुकै रिन तिर्न नसक्दा धेरैले ज्यानै जोखिम मोल्न बाध्य बनेको यथार्थ बोकेको “काल्पनिक दुर्घटना” नेपाली गीत संगीतको क्षेत्रमा कसले राम्रो र फरक खालको काम गर्ने भन्ने होडबाजी नै चलेको छ।
बजारमा आएका गीतहरु मध्ये कसैले राम्रो बजार पाएका छन् भने कसैले सोचे जति पाउन सकिरहेका छैनन् ।यस गीतमा गरिबीको कारण नेपालीहरु प्रदेशिनु परेको बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गर्न खोजिएको छ।अहिलेको साहुको रिन तिर्न नसक्ने बुवा आमा बिरामी पर्दा पैसाको अभावकै यथार्थलाई पनि देखाउने कोसिस गरिएको छ।यस गीतका परिकल्पना हिरा बस्नेतले गरेका छन भने गितमा नव गाएक विशाल बिसिले एकल आवाजमा गाएका छन् भने सम्बाद लोकदोहोरी गाएक सर्जक पुस्कल शर्माले गरेका छन लय कमल बस्नेतले गरेका हुन।
मोडल तथा डान्सर किशु गुरुङ्ग,हिरा,सागर, भिम,निर्भिक,को अभिनय रहेको छ। उक्त गीतमा निर्देशक विष्णु भट्टराईले निर्देशन/ छायांकन तथा सम्पादन गरेका हुन।मालाश्री रेकर्डिङ्ग स्टुडियो काठमाडौंं र एफोनिक बुटवलबाट गीत रेकर्ड गरिएको थियो। गितको सुटिङ्ग सितगङ्गा नगरपालिका २ आफू जन्मकै घर झिर्‍रामा र नेपालकै प्रसिद्ध मन्दिर सुपा देउराली, बिरपुर चनौटामा गरिएको थियो समाजको यथार्थ घटनामा आधारित रहेको यस गीतको पूरा भिडियो हेर्न हाइलाइट नेपालको युट्युब च्यानलबाट आफ्नै मोबाईलबाट हेर्न सक्नुहुनेछ।
भिडियो
https://www.youtube.com/watch?v=qoBjr-fOgSU

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation