कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसियूमा राखेर उपचार भइरहेका कलाकार मनोज गजुरेललाई निमोनिया देखिएको छ । गजुरेलका नजिकका साथी रमेश बरालका अनुसार गजुरेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका छन् ।
‘उहाँमा निमोनिया समेत देखा परेकोले सशस्त्र प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ,’ बरालले भने, ‘उहाँँको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भैरहेको पारिवारिक स्रोतबाट जानकारी भएको छ ।’
घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य गम्भीर भएपछि बुधबार अस्पताल भर्ना भएका हुन् । उनलाई विहीबारबाट आईसियूमा सारिएको छ ।











