मनोज गजुरेलको स्वास्थ्यमा सुधार हुँदै

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। उनमा देखिएको निमोनिया निको भइसकेको र हाल चिकित्सककै निगरानीमा रहेको भाइ मोहन गजुरेलले जनाएका छन्। मनोजमा देखिएको कोरोना पनि चाँडै निको हुने आशा मोहनले व्यक्त गरेका छन्। गत कात्तिक ११ गते कोरोना  पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए। तर स्वास्थ्यमा समस्या आएपछि कात्तिक १९ गते बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation