फेसबुकलाई दक्षिण कोरियामा ६१ लाख डलर जरिवाना

दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा निकायले सामाजिक सञ्जाल फेसबुकलाई करिब ६१ लाख डलर जरिवाना तोकेको छ । साथै प्रयोगकर्ताको व्यक्तिगत सूचना जानकारी नै नगरी अन्य अपरेटरलाई दिएको आरोपमा अनुसन्धान अघि बढाउने भएको छ ।दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण कमिटिले फेसबुक कम्तीमा ३३ लाख फेसबुक प्रयोगकर्ताको सूचना अनुमति विना नै अन्य अपरेटरलाई दिइएको बताएको छ ।सन् २०१२ मेदेखि २०१८ जुनसम्मको अवधिमा एक करोड ८० लाखमध्ये ३३ लाखको व्यक्तिगत विवरण फेसबुकले प्रयोगकर्तालाई जानकारी नै नदिई अन्य अपरेटरलाई दिएको थियो ।फेसबुकले यो मुद्दामा आफूहरुले दक्षिण कोरियाको सरकारसँग समन्वय गरिरहेको र व्यक्तिगत विवरण संरक्षण कमिटिले आपराधिक अनुसन्धान सुरु गरेको प्रति खेद प्रकट गरेको छ ।
स्रोत :रोयटर्स

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation