कपिलवस्तु १५ फागुन
न्युनतम सेवा मापदण्डमा कपिलवस्तु अस्पताल अब्बल रहेको पाइएको छ । न्युनतम सेवा मापदण्ड ( एमएसएस ) मा कपिलवस्तु अस्तालले ७० प्रतिशत अंक हासिल गरेको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालको टोलीले अस्पतालको बिभिन्न ९ सय ३९ वटा बुदामा गरेको मापन तथा अध्ययन अवलोकन पछि अस्पतालले सो अंक प्राप्त गरेको हो । स्वास्थ्य निर्देशनालयका उत्तम प्रचारले कपिलवस्तु अस्पतालले एमएसएसमा ७० प्रतिशत अंक हासिल गरेको कपिलस्तु अस्पतालमा आयोजित कार्यक्रममा जानकारी गराएका थिए ।
गत बर्ष कपिलवस्तु अस्पतालले ७ सय २१ बुदामा एमएसएसमा ६६ प्रतिशत अंक हासिल गरेको थियो । प्रचारेले स्वास्थ्य सेवा प्रवाह, भौतिक अवस्था, मानवीय श्रोत, फोहर ब्यवस्थापन, खानेपानी सरसफाई लागतयका कुरामा कपिलस्तु अस्पतालको अवस्था राम्रो देखिएको बताए । अस्पतालमा केही सुधार गरिए यो अस्पताल अझै राम्रो हुने उनले बताए । सुशासन र ब्यवस्थापनमा ६८, चिकित्सकीय सेवा ब्यवस्थापन र अस्पताल सपोर्ट सेवामा ७० अंक हासिल गरेको छ । ४ बर्ष अघि यो अस्पताल १५ बेडबाट ५० बेडमा बिस्तार गरिएको थियो ।
कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले कडा मेहनेत र टीम वर्कले कपिलवस्तु अस्पतालको अवस्था सुधार हुदै गएकोमा खुशी ब्यक्त गरे । उनले कपिलस्तु अस्पताललाई प्रदेश कै नमुना अस्पताल बनाउने तर्फ आफुहरु अग्रसर रहेको बताए । अस्पतालमा २४ घन्टे एक्सरे, ल्याब र फामेसीको सुबिधा उपलब्ध रहेको उनले बताए । ‘बिभिन्न कठिनाईको बावजुत कपिलवस्तु अस्पतालले बिस्तारै जनतको मन जित्दै गएको बताए । कपिलवस्तु अस्पतालमा ईको सेवा बिस्तार गरिएको छ । ४ बेडको भेन्टीलेटर सहीत १० बेडको आईसिुयु सेवा बिस्तारको अन्तिम चरणमा पुगेको छ ।
अस्पतालमा दुई दर्जन बढी डाक्टर सहीत १ सय १८ जना कर्मचारी कार्यरत छन । कार्यक्रममा बरिष्ठ जनस्वानस्थय प्रशासक रोशनलाल चौधरी, स्वास्थय निर्देशनालयका शैलेन्द कुमार पाण्डेय, एमएसए फोकल पर्सन कौशल भन्डारी निक साईमन्सका सुरज बैध लगातयको सहभागिता रहेको थियो । अस्पतालले ७० अंक हासिल गरेकामा कपिलवस्तु अस्पतालका मेयर किरण सिंहले खुशी ब्यक्त गरेका छन । उनले मेसु बन्जाडेको अगुवाई गरिएको मेहनतले अस्पतालमा सेवा सुबिधाहरु बिस्तार भएको बताए । उनले सेवा सुबिधा प्रवाह र भौतिक अवस्थामा कपिलवस्तु अस्पताल अब्बल रहेको देखिएको बताए ।