विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण प्रादेशिक उपचार बुटवलमा उपचार हुन नसकेर कपिलवस्तु अस्पतालमा रिफर गरिएकी एक कोरोना संक्रमित महिलाको अप्रेसन गरि सुत्केरी गराईएको छ ।
प्यूठान स्थायी घर भएकी ३१ बर्षिया गर्भवती महिला उपचारका लागि सोमबार प्रादेशकि अस्पताल बुटवल ल्याईएको थियो । सुरक्षित रुपमा सुत्केरी गराउनको लागि बुटवल ल्याइकी महिलाको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
बच्चा जन्माउन बुटवल अस्पतालमा पुगेकी महिला कोरोना पोजेटिभ देखिए पछि चार दिन देखी होम आईसोलेसनमा राखिएको सुत्केरी महिलाका श्रीमान् नारायाण गिरीले जानकारी दिए । सुत्केरीको मिति नजिकिए पछि अस्पतालमा नियमित चेकजाँच गराउन आउदा फिवव क्लनिकमा परिक्षण गर्दा कोभिड देखिए पनि श्रीमतीमा कुनै प्रकारको लक्षण नरहेको गिरीले बताए ।
तिन बर्ष अगाडी पनि बुटवल अस्पतालमै बच्चा जन्माएकी महिलाई बेथाले चापे पछि पेडमा पीडा भएको थियो । त्यसको लागि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवामा पनि बेड अभाव भए पछि प्रादेशिक अस्पतालका डाक्टहरुले कपिलवस्तु अस्पताल सल्लाह गरि रिफर गरेका थिए ।
बुटवल अस्पतालमा बेडको अभाव भए पछि कुरा कानी गरेरै यहाँ बोलाईएको थियो । महामारीको बिरुद्ध सबै एक भएर लाग्नु पर्छ, संक्रमतिहरुलाई अप्रेसन गर्न तथा उपचार गर्नका लागि छुट्टै कक्ष नभएता पनि हामीले यो चुनौती पुर्ण कार्य गर्न सफल भयो । मानिसको जिवन बचाउनु हाम्रो पहिलो धर्म हो । अस्पतालका मेसु डां किशोर बञ्जाडेले भने, काम चुनौती पुर्ण थियो । टिमको प्रयासले हामीहरुले सुरक्षित रुपमा अप्रेसन गर्न सफल भयौ, उनले भने ।
आमा र बच्चालाई अस्पतालमा छुट्टा छुट्टै राखिएको छ । बच्चाको पिसिआर टेस्टकालागि पठाइएको डां गणेश क्षेत्रिले जानकारी दिए । कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बन्जाडे, डा पुनम लामा, डा गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेश कुमार महतो, नर्सिङ कर्मचारी रबिना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशा लगायतको टोली अप्रेशनमा सहभागी भएको कपिलवस्तु अस्पतालले जानकारी दिएको छ ।
कोरोना संक्रमितहरुलाई उपचार गर्नका लागि छुट्टै वार्ड नभए पनि सुरक्षाका सम्पुर्ण मापदण्डहरु अपनाएर अप्रेसन गरिएको मेसु बन्जाडेले बताए ।
कोरोना संक्रमण दर बढ्दै गए पछि कपिलवस्तु जिल्ला अस्पतालमै कोरोना संक्रमतिहरुलाई उपचार गर्न छुट्टै कक्ष बनाईएको छ । जिल्ला अस्पतालले पुरानो महिला तथा बालिका कार्यालयमा बनाउन थालेको कोरोना अस्पतालमा पनि अन्तिम चरणमा रहेको मेसु बञ्जाडेले बताए ।
