बिकास सिंह (गगन)
नेपाली कांग्रेसको वडा देखि केन्द्रीय तह सम्म पार्टीको नेतृत्व छनोटको लागि महाधिबेशनमा पर्वमा होमिएको छ । देशको सबै भन्दा पुरानो पार्टी र मुलुकमा भएका सबै परिवर्तको नेतृत्व गरेको पार्टी महाधिवेशनमा प्रबेश गर्दै गर्दा आम जनता, पार्टीका शुभेच्छुक र स्वयम पार्टीका क्रियासिल सदस्यको पङ्गतीमा कुनै उत्साह र उमंग छैन । स्पष्ट रुपमा भन्नु पर्दा नेपाली उखान ‘कागलाई वेल पाक्यो, हर्ष न बिस्मात’ भने जस्तै भएको छ ।आठ लाख क्रियासील सदस्य मध्ये अधिंकासलाई यसको नत कुनै चासो छ, नत कुनै रगं नै छ । यो कुनै पनि जिवन्त पार्टी खास गरी लोकतान्त्रिक पार्टीको लागि यो अत्यान्तै नै चिन्ताको विषय हुनु पर्ने हो । तर यो विषयले कांग्रेसको नत संस्थापक पक्ष भनिनेलाइ पिरलेको छ नत संस्थापक ईतरका भनिनेलाई नै । वास्तवमै के गगन कुमार थापाले भने जस्तै नेका अव जड र कर्मकान्डी पार्टीको रुपमा परिणत भै सके कै हो त ।
एउटा जिवन्त र गतिशिल पार्टी, जुन नेपाली समाजमा क्रान्तीको प्रतीक थियो । सदा देश र जनताको चिन्ता र चिन्तन गर्दथ्यो । राष्ट्रलाई सधै वैचारिक र राजनैतिक रुपले दिशा निर्देशित गर्ने गर्दथ्यो । यस्तो उर्जावान पार्टी कसरी जड र कर्म कान्डी पार्टी हुन पुग्यो । विपीको पार्टी किन जनताको पार्टी हुन सकेन । स्वयम पार्टीका वफादार सिपाईहरु पनि पार्टीबाट कसरी टाढा (एलिनेट) हुन पुगे । आज यिनै विषय वस्तुमा केन्द्रीत भएर कलम चलाउने जमर्को गर्दैछु ।

पार्टीमा देखिएका नैतिक र राजनैतिक स्खलनका धेरै कारण होलान । यहाँ मैले ति सबैलाई मुलभुत रुपमा दुई वटा श्रेणीमा राखेर हेर्ने प्रयास गरेको छु ।
क) पार्टी प्रती युवाबर्गको बित्रिषणा
ख) पार्टी नेतृत्व पंक्तिमा राजनैतिक विचार र उद्देश्य प्रतीको अस्पष्टता
पहिलो बुंदाको व्याख्या गर्नु पर्दा पार्टीको नयाँ क्रियासिल सदस्यता हेर्दा ५० वर्षका मुनिकाहरुको बहुमत छ । झट्ट हेर्दा प्रस्तुत गरिएको पहिलो वुंदा नै आधार हिन लाग्न सक्छ । यहाँ कुनै निश्कर्षमा पुग्नु भन्दा पहिले युवा भनेको के हो र को हो स्पष्ट हुन जरुरी छ । राजनीती विरासतमा उही गुट गत राजनीती चाकरी वाजिको संस्कार बोकेका व्यात्तीलाई युवा भन्दा युवा भन्दा युवा शब्दसंग अन्याय हुन्छ । आदर्शलाई थाति राखि व्याक्तिगत लाभ हानी भन्दा माथि सोच्न नसक्नेलाई कदापी युवा भन्न सकिदैन ।
बरु ७९ वर्ष पार गरेका Bernie sanders जस्ले अमेरिकी राजनीती जुन मुलभुत रुपमा Right wing (capitalist) पूँजिबादी थियो, त्यसलाई Left wing समाजवाद तर्फ ल्याए उनले लाखौ युवाहरुलाई आन्दोलित गराई देशको राजनितीलाई नयाँ दिशा प्रदान गरे, यस्ता क्रान्तीकारी Bernice Sandesrs लाई युवा भन्न सकिन्छ र भनिनु पर्छ । आफैेले जिवन भरि खुन पसिना सिचेर निमार्ण गरेको पार्टी चरम भ्रष्टाचारमा लिप्त भएपछि, राजनैतिक सन्यास बाट फिर्ता आई, आफनो सम्पुर्ण राजनैतिक पुजी र बिरासतलाई दाउँमा राखि अन्याय र भ्रष्टाचारीको बिरुध मोर्चा खोल्ने मलेसियाका ९२ बर्षिय महाथिर मोहमद लाई युवा मान्नु पर्छ ।
हाम्रो छिमेकी मुलुकमा जननायक भनेर चिनिने जय प्रकाश नारायाण (जे.पी.) जस्ले भारतमा “इन्दिरा इज इन्डिया एण्ड इन्डिया इज ईन्दिरा” भन्ने नारा गुन्जी रहेको समयमा ईन्दिरा गान्धीलाई चुनौति दिन आट गर्ने यस्ता आटि जे.वि. युवा हुन । मेरो विचारमा उमेरले नभई आफनो जज्बाट र विचारको नविनताले मानिसलाई युवा बनाउँछ ।
जति उमेर भए पनि प्रगतीशिल विचारको लाई नतिजाको प्रवाह नगरि सधै लोक कल्याणको लागि संघर्ष गर्ने व्याक्तीलाई युवा भनिन्छ । जस्ले कहिले लाभ हानी नसोची प्रगतीशिल मुद्दा र आर्दशको लागि लड्ने आट गर्छ ।
यहाँ मेरो प्रश्न छ, हाम्रा कथित युवा नेताहरुमा प्रगतिशिल मुद्दाको लागि लडाई जज्बा र आट छ त ? के उनिहरुसंग राजनैतिक एजेण्डा र उद्देश्य छ त ? प्रत्यक्षलाई प्रमाणको खाचो हुदैन भने जस्तै हाम्रा कथित युवा वर्गको गतिवीधी र कृयाकला हेर्दा उनिहरुसंग कुनै राजनैतिक एजेण्डा र उद्देश्य छैन भन्ने प्रष्ट हुन्छ ।
हुनत मैले राजनिती गर्ने युवाहरु संग कुनै एजेण्डा छैन भन्दा धेरै साथिहरु रिसाउने गदर्छन । पदमा पुगे पछि जनताको सेवा गर्छु, पुलिस प्रशासनमा उनिहरुलाई सघाउँछु, संगठनलाई चलायमान बनाउँछु भन्दै आफनो एजेण्डाहरु प्रस्तुत गर्दछन । यसलाई सुष्म रुपमा अध्ययन गर्दा हाम्रा युवाहरुको मानसिकता प्रष्ट हुन्छ ।
जनताको प्रहरी प्रशासनको काम हेरि दिन्छु भन्दा मित्रहरुले यो बुझन सकेनन् वा सोच्न भ्यानन् जुन व्यवस्थामा एउटा निर्दोश निमुखा जन्तालाई आफनो सानो काम गराउन राजनितीक पहुँच वालाको सोर्स फोर्स चाहिन्छ । यो कस्तो व्यवस्था र समाज हो । के वि.पी.ले परिकल्पना गरेको समाजवादी देश यही हो त? लोह पुरुष गणेशमानले यस्तै समाज र व्यवस्थाको लागि बलिदान गरेका हुनत ? युवा वर्ग ले यिही कुराहरु चिन्नतन र मनन गर्न आवश्यक छ ।
म मेरा युवा सहकर्मीहरुलाई के भन्न चाहान्छु भने तपाईहरुका यि एजेण्डाहरु न राजनैतिक हुन् नत प्रगतिशिल नै छन् । हाम्रो राज्यको प्रशासनिक संरचना कसरी जनमुखि बनाउने, कसरी निर्धो र निमुखाको पहुँचमा पु¥याउने भन्ने विषयहरु राजनैतिक एजेण्डा हुनुपर्ने हो । तर तपाईहरुको बिचार र धारणाहरु सुन्दा जिर्ण र पुरातनवादी जस्तो लाग्छ । आफनो प्रशासनिक पहुँचलाई राजनैतिक पूँजी ठान्ने व्याक्तिलाई कसरी युवा मान्ने ?
तसर्थ क्रियासिल सदस्यको आकँडाले जे देखाए पनि ने.का.ले साचो अर्थमा सच्चा युवा बर्गलाई आर्कषण गर्ने सकेको छैन । यो एउटा जिवन्त पार्टीको लागि निकै चिन्ता र लज्जाको कुरा हो ।
(ख) हाम्रा नेताहरु, ने.का.को राजनैतिक दिशा र मुल उद्देश्य के हो भनेर सोध्दा वि.पी. को समाजवाद भनेर दुई टुक्क जवाफ दिन्छन । यसको व्याख्या र विवेचना नै जरुरी ठान्दैनन् । यो Fourier र Saint-Simon परिकल्पना गरे जस्तो Utopian समाजवाद हो कि ? जहाँ समाजवादको गुण र यस्का फाईदाहरु पुँजीपति वर्गलाई सम्झाएर हासिल गर्ने सकिन्छ । या Whilem Weitling ले भने जस्तो निमुखा र अवुझ बर्गको लागि क्रान्तीकारी तप्काले संघर्ष गरेर हासिल गरिदिनु पर्ने समाजवाद हो । या माक्स भने जस्तो शोषित वर्गलाई परिचालित गरि हासिल गर्ने समाजवाद हो । आखिर के हो विपीको समाजवाद र यसका विशेषता र लक्ष्यहरु के हुन ? यो समाजवाद हासिल गर्ने राजनैतिक कार्यक्रम र मार्गचित्र कहाँ छ । पार्टीको निती कार्यक्रम सोही अनुसार सहि दिशामा जादैछ भनेर मापन गर्ने राजनैतिक र नैतिक मापदण्डहरु कहाँ छ ।
पार्टीको माहाधिबेशन हुदैछ पार्टीको बिभिन्न तहमा नेतृत्वका दावेदारहरुले धमाधम उम्मेदवारी घोषणा गर्दै छन । तर एक जनाले पनि आफनो राजनैतिक एजेण्डा र नीति तथा कार्यक्रमको पर्चा पम्पप्लेट सम्म पनि छापेको देखिदैन । कोही आफनो क्रन्तिकारी पुर्खाको नाम भजाउने दाऊमा छन ।
कोही म बुढो भए मेरो अन्तिम पालो हो धोको पुरा गरिदेऊ भन्छन, कसैले मैले अहिले नपाए कहिले पाउने भन्छन् तर कसैले पनि मेरो एजेण्डा यो हो, मेरा नीति कार्यक्रम प्रगतिशिल छन यसैले मैले नेतृत्व पाउनु पर्छ भनेर भन्दैनन् ।
अचम्मै छ यत्रो ठूलो पार्टीको महाधिबेशन हुदै छ कतै कुनै राजनैतिक बहस छैन्, कुनै राजनैतिक एजेण्डा छैन्, आखिर यस्तो दिशा हिन र पथ भष्ट्र महाधिबेशनमा जनताको चासो । तर देशको सबै भन्दा पुरानो पार्टी यसरी कर्म कान्डी पार्टीमा परिणत हुनु देश र जनता दुवैको लागि घातक हो । देशलाई उन्नती र प्रगतीको पथमा लैजानु छ भने वि.पी.को पार्टीलाई, फेरि जनताको पार्टी बनाउन आवश्यक छ ।
तसर्थ म सब युवालाई आहवान गर्न चाहान्छु । गुट्गत राजनिती भन्दा माथि उठि एजेन्डाको राजनिती गरौ । आफु भित्र गुम्सिएर बसेको क्रान्तीको ज्वालालाई निभ्न नदेउ यसलाई आगो बनाई पार्टी भित्र रहेका गैर प्रजातान्त्रिक पद्धती चिन्तनलाई खरानी बनाउ । नेपाली कांग्रेसलाई पुनः एउटा आन्दोलनको रुपमा परिणत गरौ । त्यस पछि मात्र बिपिले सोचे जस्तो समाजवादी राष्ट्र निमार्ण गर्न सकिन्छ ।
जय नेपाल