बुटवल,भदौ २९ ।
रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय मृत्यु प्रकरणपछि शुरु भएको आन्दोलन रोकिएको छैन ।
मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।
बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियो ।
नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको दश दिन बित्दा पनि उनको शव उठेको छैन । घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाएमा मात्रै शव बुझ्ने सीताका बुबा हरिप्रसाद भण्डारीले नागरिक अनलाइनसंग बताए ।
अहिले आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी ९आमाजू० विष्णुलाई नियन्त्रणमा लिएको छ ।कष्तब नजबच।वउन
प्रहरीले जाहेरी लिन नमानेपछि तलोत्तमा ८ मा रहेको माइती पक्षले दिनहुँजसो घटनाबारेमा सत्यतथ्य र न्याय खोज्दै आन्दोलन चर्काइरहेका छन् ।आन्दोलनकी अभियान्ता आयुषा कंडेलले सीताले न्याय नपाउन्जेल आफूहरुले चलाएको आन्दोलन नरोकिने बताइन् ।
अबको २ दिनमा निश्कर्ष निस्किने रुपन्देहीका सिडियोले आश्वासन दिएको उनले नागरिक अनलाइनसंग बताइन् । उनले आफूहरु न्याय खोज्न र दबाब दिन तिलोत्तमा नगरपालिकामा जाँदा प्रहरीले हस्तक्षेप गर्दा हातमा चोट लागेको र तीन जना प्रहरी पनि घाइते भएको बताइन् ।
शान्ति समाजद्वारा घटनाबारे स्थलगत जानकारी स्
यसैबिच मानव अधिकारकर्मीहरुको एक टोलीले घटनाबारे स्थलगत अवलोकन गरेर सरोकारवालाहरुसंग छलफल समेत गरेको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालले घटनाबारे सत्यतथ्य पत्ता लगाइ पिडितलाई न्याय दिनुपर्ने बताए ।
टोलीमा शान्ति समाज रुपन्देहीका सचिव कपिल ज्ञवाली,सहसचिब कृष्ण पाण्डे,पूर्व सचिव तेजेन्द्र केसी तथा पदाधिकारी सदस्य सहभागि थिए ।
घटनास्थलको प्रकृति र पृष्ठभूमिले छोरीको हत्या नै भएको भन्दै किटानी जाहेरी दिएका थिए । तर प्रहरीले भने किटानी जाहेरी लिन मानेन,नियन्त्रणमा लिएका २ जनालाइ आत्महत्या दुरुत्साहनका लागि सोधपुछ गरेको छ ।











