पेट्रोल, डिजेल १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ।

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो।

अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ। 

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ।

वाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation