चुनाबको मुखमा कांग्रेस सैनामैना ७मा प्रवेश हुनेको लहर,एमालेलाई झट्का

सुरेश परियार,

चुनाबको मुखमा नेकपा एमालेलाई ठुलो झट्का लागेको छ ।एमालेको पिएम नै नेपाली कांग्रेस सैनामैना वडा न।७मा प्रवेश भए संगै एमाले अत्तालिएको हो ।

 

नेपाली कांग्रेस सैनामैना वडा न।७ वडा समितिको आयोजनामा भएको एक बृहत आमसभामा नेकपा एमाले सैनामैना वडा न।७का पिएम यमकुमारी थापा,नाथु थारु,प्रकाश लोधलाई नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सार्वजनिक लेखा समिति सदस्य भरतकुमार शाह,कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेल,कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनाल,गठबन्धनका मेयर पदका उम्मेद्धवार फणेन्द्र प्रसाद शर्मा,नेकपा माओवादी केन्द्रका सैनामैना अध्यक्ष तथा गठबन्धनका उपमेयरका उम्मेद्धवार मान बहादुर महत,कांग्रेस सैनामैना वडा न।७का वडा सभापति टिकाराम उप्रेती लगायतले प्रवेश गराएका हुन् ।

नवप्रवेशीहरुले चर्को घामबाट शित्तलको छहारीमुनी आउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएको भन्दै बाँकी जिवन र राजनितिक यात्रा कांग्रेसमै बिताउने प्रढ गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation