प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्री हटाए

बुटवल भदौ २७ । प्रधानमन्त्री शेर बहादुर देउबाले जसपाबाट मन्त्रिमण्डलमा रहेका ४ जना मन्त्रीलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।

सत्ता गठबन्धनमा रहेका जनता समाजबादीका तर्फबाट समावेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा

पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गठवन्धन छाडेकोमा बर्खास्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन।

सत्तागठबन्धनमा रहेको जसपाले सिटबाडफाडमा असन्तुष्टि जनाउदै नेकपा एमाले संग तालमेल गरेपछि प्रधानमन्त्री देउवाले ति मन्त्रीहरु बरखास्त गर्न सिफारिस गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation