गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु

रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।
गैडहवा गाउँपालिका ४ मा अवस्थित तालको बिकासका लागि बुधवारदेखि मंसिर ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक मेला सुरु भएको हो ।
स्थानीय शान्ति युवा क्लबको आयोजना गैडहवा गाउँपालिकासँगको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिता तथा सांस्कृतिक मेलाको बुधबार उदघाटन गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडलले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवाको पर्यटन क्षेत्रको बिकासका लागि यो प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमका माध्यमबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले जिल्लाकै ठूलो ताल गैडहवामा हजारौं प्रजातीका चराहरु विचरण गर्ने थलोका रुपमा रहेको बताउँदै ताललाई बिकास गर्नेगरि गाउँपालिकाले कार्यक्रम अघि बढाएको बताउनु भयो ।
अध्यक्ष पौडेलले लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको बिकास, नागरिकमा सीप बिकास गरि होम स्टे सञ्चालको तयारी तथा सम्भाव्यताको अध्ययन गरि पर्यटकीय स्थलहरु थप गर्ने गरी पालिकाले काम अघि बढाएको बताउनु भयो ।

प्रतियोगिता र ताल महोत्सवले समग्र गैडहवाको प्रचार प्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष पौडेलको विश्वास छ ।
त्यसैगरी कार्यक्रममा गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाको प्रोत्साहनमा क्लवले आयोजना गरेको प्रतियोगिता र सांस्कृतिक महोत्सवले समग्र गैडहवाको विकास र प्रचार प्रसारमा योगदान पुग्ने बताउनु भयो । उहाँले यस प्रकारका कार्यक्रम गरेर पालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै पालिकाको सराहना गर्नुभयो ।

गैडहवा गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले गैडहवा तालको विकासमात्र नभै समग्र गैडहवा क्षेत्रकै पर्यटन विकासमा प्रतियोगिता र महोत्सवले उत्साह थपेको बताउनु भयो । यस्तै कार्यक्रममा विभिन्न राजनीतिक दल समाज सेवि बुद्धिजीवीहरुले आआफ्नो भनाइ राख्दै गैडहवा ताल बाट पालिकाको नामकरण गरिएकोले पालिलाले ताल बिकास संगै प्रचारप्रसार प्राथमिकताका साथ अगाडि बढाउन सुझाव दिए
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी समूहको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसैगरि उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ ।

गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।
कार्यक्रम उदघाटनको अवसरमा स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुती तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिएको थिया ।
सहित ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation