भक्तपुर क्षेत्र नं. २ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो ।

उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाmल प्रचण्डले पार्टीमा स्वागत गर्नुभयो ।पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताउँनुभएको छ।योे पार्टी प्रवेशले भक्तपुर २ मा राम्रो नतिजा आउँने विश्वास व्यक्त गर्नुभयो ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाउँनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation