अपडेट : कपिलवस्तुमा थप २ जनामा काेराेना संक्रमण

ताैलिहवा जेठ १२, 

कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाका अनसार उनीहरु कपिलवस्तु नगरपालिका वडा नं. १२ र मायादेवी गाउपालीका वडा नं. ७  का हुन । ति मध्ये एक जना कपिलवस्तु जिल्ला अस्पतालमा उपचार गराई रहेका छन  ।  

जिल्लाका मायादेवी गाउपालिका १५ जना, यशोधरा गाउपालिका १२ जना, वाणगंगा नगरपालिका १२ जना, कपिलवस्तु नगरपालिका ११ जना, महाराजगंज नगरपालिका ९ , कृष्णनगर नगरपालिका ८ जना , वुद्धभुमी नगरपालिका ६ जना, शिवराज नगरपालिका ६ जना , विजयनगर गाउपालिका ४ जना र शुद्धोधन गाउ पालिका २ जना रहेका छन । यो संग संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation