पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका २० वर्षे युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ।आरडीटी नेगेटिभ आएपछि घर फर्किएका ती युवकको बिहीबार बिहान मृत्यु भएको थियो। उनी पञ्चपुरी नगरपालिका-१ हाँसेका बासिन्दा थिए। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको स्वाबको नतिजा शुक्रबार बिहान पोजेटिभ आएको हो।