कपिलवस्तुमा शनिवार २९ कोरोना संक्रमित थप । संक्रमितको संख्या ६३४ पुग्यो

कपिलवस्तु– कपिलवस्तुमा शनिवार २९ कोरोना संक्रमित थप भएका छन । यो थप भए संगै जिल्लामा संक्रमितको संख्या ६३४ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रवार दिउसो मायादेवी गाउँपालिकामा १४ जना, महाराजगंज नगरपालिकामा ४ जना , कपिलवस्तु नगरपालिकामा ४ जना र शुद्धोधन २ जना र  बिजयनगर गाउँपालिकामा ५ जना थप भएका छन । थप भएका ७ वर्ष देखी ५० वर्ष उमेर समुहका भएको फोकल पर्सन कुमार थापाले वताउनु भयो ।
यशोधरा गाउपालिकामा १६८ जनामा महाराजगंज नगरपालिकामा १२२ जना, मायादेवी गाउँपालिका ६७ जना, कृष्णनगर नगरपालिकामा ७१ जना , शिवराज नगरपालिकामा ५८ जना, शुद्धोधन गाउँपालिकामा ३५ जना, कपिलवस्तु नगरपालिका ३४ जना, बुद्धभुमी नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २३ र विजयनगर गाउपालिकामा २७ जनामा संक्रमण भएको पुष्टी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation