सालको काठसहित एकजना पक्राउ

असार २ : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीबाट प्रहरीले सालको काठ बरामद गरेको छ। बर्दघाट इलाका प्रहरी कार्यालयका टोलीले चिसापानीका विक्रम गुरुङको घरमा लुकाई राखिएको सालका चिरान काठ बरामद गरेको हो।  १७ थान  चारपाटे काठ फेला परेको थियो। बरामद काठ करिब एक लाख रुपैयाँ बराबरको २१.९ क्यिुफिट रहेको छ। 
प्रहरीले अवैध रुपमा तस्कर गरी काठ घरमा लुकाएर राखेको भन्दै विक्रमलाई नियन्त्रणमा लिएर काठसँगै बर्दघाट सरावल सब डिभिजन कार्यालय बर्दघाटको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिएका छन्। काठ तस्करीमा संलग्न रकेको आरोपमा विक्रमलाई आवश्यक कारवाहीका लागि बडेमा रहेको सशस्त्र वनरक्षक क्याम्पमा पठाई थुनामा राखिएको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटका रामनारायण शाहले जानकारी दिएका छन्  काठ भने बर्दघाटमै कार्यालय परिसरमा राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation