काठमान्डाै- सोमबार साउन २६ देखी हराएका वरिष्ठ पत्रकार बलराम बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको छ । दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् । असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए । अस्ति मात्र सम्पादक सुधीर शर्मासङ्ग एउटा लेखबारे उनको फोनमा कुरा भएको तर आज यस्तो दुखद खबर सुन्नुपरेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताए ।
प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।