भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ भन्छन्– चीनसँग भिडन्तका लागि भारतीय सेना तयार छ

एजेन्सी– चीन र भारतबीच जारी तनावका विषयमा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ  ‘सिडिएन’ बिपिन रावतले चीनसँगको सीमामा भिडन्तको लागि भारतीय सेना तयार भएको बताएका छन् । उनले चीनसँगको वास्तविक नियन्त्रण रेखा ‘एलएसी’मा भारतीय सेना चीनका सेनासँग भिड्न र पूर्वी लद्दाख क्षेत्रमा तैनाथ हुन तयार भएको बताएका हुन् ।  हिन्दुस्तान टाइम्सका अनुसार रावतले भारतको संसदीय समितिमा सो भनाइ राखेका हुन् । 
एलएसीमा चिनियाँ आक्रमकता बढेको र उनीहरुले सीमामा निर्माणको काम गरिरहेको उल्लेख गर्दै उनले सहमति बाबजुद चीनका करिब ४० हजार सेना लद्दाख नजिकको क्षेत्रमा तैनाथ रहेको बताए ।भारतसँगको सीमामा शान्ति चीनको पहिलो कूटनीतिक प्राथमिकता भएको भनेर चीनले बताइरहँदा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफको यो भनाइ आएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation