विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख २९ हजार नाघ्यो, अमेरिकामा मात्र ६० लाख संक्रमित (अपडेट)

काठमाडौं – कोरोनाभाइरसका कारण विश्वभरमा मृत्यु र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ भने त्यसपछि ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु प्रभावित भएका छन् । यहाँ कोरोना संक्रमित दिनानुदिन बढ्दो छ । 

यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बिहानसम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख २९ हजार ६ सय ६६ पुगेको छ भने संक्रमितको संख्या २ करोड ४३ लाख ३२ हजार २ सय ८० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ६८ लाख ७३ हजार ३  सय ७ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ८३ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६० लाख ३ सय ६५ पुगेको छ ।  त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख १७ हजार ७ सय ५६ पुगेको छ भने संक्रमितको संख्या ३७ लाख २२ हजार ४ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय ८३ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ७० हजार ८ सय ६५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation