कपिलवस्तु जिल्लाको चार नः जितपुरमा रहेको बिद्युत प्राधिकरण शाखाका प्रमुख कृष्ण पौडेल अझै बेपत्ता रहेका छन ।
बुधबार बाणगंगाको कोइली नदीले जिप बगाएपछि बेपत्ता रहेका पौडेल अझै नभेटीएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्राधिकरणको गाडीमा सवार तिन जना सुरक्षित रहेकोमा दुई जनाको मृत्यु भएको र अझै एक जना बेपत्ता रहेका छन ।
मृत्यु हुनेमा प्राधिकरणका गाडी चालक माधव पाण्डे र गाडीमा लिप्mट मागेर बनगाई आउदै गरेका केशव भाट क्षेत्री रहेका छन । पौडेलको खोजीका लागी आज पनि प्रहरी, शसस्त्र बल पिपरा र आर्मीको टिम लागी सकेको छ ।