३ दिन पछि वेपत्ता पौडेलको शव भेटीयो

कपिलवस्तु जिल्लाको चार नः जितपुरमा रहेको बिद्युत प्राधिकरण शाखाका प्रमुख कृष्ण पौडेलको शव भेटीएको छ । बुधबार बाणगंगाको कोइली नदीले जिप बगाएपछि बेपत्ता रहेका पौडेललको शव आज सग्रहवा मा भेटीएको हो ।
पौडेल बाणगंगा नगरपालिका वडा नः १ मा घरपरिवारसगै बस्दै आएका थिए । यो सगै कोइली नदीको घटनामा परि मृत्यु हुनेको सख्या ३ पुगेको छ ।
जसमा प्राधिकरणका चालक माधव पाण्डे, लिफ्ट मागेर बनगाई आउने अर्घाखाचीका केशव भाट क्षेत्री र प्राधिकरणका प्रमुख कृष्ण पौडेल रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation