बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं २ बर्ष १२ की छोरी सँझना कामी गत बुधबार साँझ ५ः३० मा गाई— गोरु, गोठ भित्र बाँध्न निस्किएकी उनी अचानक घर नजिकैको मन्दिरमा मृत अवस्थामा फेला पर्नु सुनियोजित एवम सँकास्पद देखिन्छ । दिन प्रतिदिन महिला तथा नाबालिकाहरु प्रति हिँसात्मक एवम अपराधिक घटनाहरु बढ्दै गईरहेको प्रति नेतृ पञ्चा सिँहले दःुख व्यक्त गर्नु भएको छ । महिलाहरु न त घरमा सुरक्षित न त स्कुलमा न त सडकमा नै । महिलाहरुमा हुने अपराधिक घटनाहरुको निपक्ष अनुसन्धान र न्यायिक निर्णय हुन नसक्दा बारम्बार यस्ता प्रकृतिका घटनाहरु दोहोरिएको हो भन्नेमा दुइ मत छैन । कतै सडकमा एसिड प्रहार हुने त कतै जिउँदै जलाउने कतै जबरजस्ती करणी पछी हत्या गर्ने प्रकृतिका घटनाहरुले देशमा विधिको शासन नै नभएको हो की भन्ने आशँका जनमानसमा बढ्दै गइरहेको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ ।
छोरी चेली कहिले सम्म आगोमै जल्नु पर्ने ? कहिले सम्म मर्नु पर्ने ? छोरी चेली कहिले सुरक्षित हुने ? बलत्कारीलाइ मृत्यू दण्ड किन नगर्ने ? महिला तथा छोरी,चेलीबेटीहरुमा हुने यी गम्भिर खालका अपराधिक घटनाहरु नियमन गर्न राज्य चुकेकै हो त ? के यो राज्यमा महिलाहरुको बाँच्ने अधिकार छैन ? के यो राज्यमा प्रहरी प्रशासन छैन ? भन्दै उक्त घटना प्रति आक्रोश पोख्नु भयो । उक्त घटनाले स्वगीय निर्मला पन्तको झल्को दिएको बताउँदै निर्मला पन्तको जस्तो न्याए हराएर जाने अवस्था यस घटनामा नदोहारियोस भन्दै नेकपाकी युवा नेतृ तथा अनेरास्ववियूकी नेतृ पञ्चा सिँहले उक्त घटनाको सत्य तथ्य र निस्पक्ष अनुसन्धान गरी दोसी उपर कानुन बमोजिम कडा कारवाही गर्न जोडदार माग गर्नु भएको छ । उक्त घटना प्रति दुख व्यक्त गर्दै मृतक बालिका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा दुखको यस घडिमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै समबेदना प्रकट गर्नुभयो ।